राप्रपा महामन्त्री राणाले ओलीलाई भेटे, चुनावी तालमेलको प्रस्ताव
सारांश
- काठमाडौं।
- सत्तारुढ पाँच दलबीच निर्वाचनमा गठबन्धन हुने भएपछि नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धनको छलफल सुरु भएको छ।
- स्थानीय तहमा मात्र कि प्रदेश र केन्द्रीय निर्वाचनमा पनि गठबन्धन गर्नेबारे दुई दलबीच छलफल सुरु भएको हो।
काठमाडौं। सत्तारुढ पाँच दलबीच निर्वाचनमा गठबन्धन हुने भएपछि नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धनको छलफल सुरु भएको छ। स्थानीय तहमा मात्र कि प्रदेश र केन्द्रीय निर्वाचनमा पनि गठबन्धन गर्नेबारे दुई दलबीच छलफल सुरु भएको हो।
बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशमशेर राणाबीच भेटवार्ता भएको छ। भेटवार्तापछि डा. राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले-राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए।
‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ। पाँच दललाई चुनौती त दिनुपर्यो। त्यसकै लागि प्रारम्भिक छलफल भएको हो’, राणाले भने, ‘अध्यक्ष ओली र मबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ।’ भेटवार्ता सकारात्मक भएको पनि उनले बताए। [image: 277739709_10224701618982330_1035044935003274769_n.jpg]
प्रतिक्रिया