प्रधानमन्त्री ओलीको सम्बोधन चित्त बुझेन पूर्वराजालाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको सम्बोधन चित्त बुझेन पूर्वराजालाई

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी ओलीको सम्बोधनप्रति टिप्पणी गरेका छन् ।
  • पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि पोखेका छन् ।
  • उनले लेखेका छन्,”कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्या प्रति सम्बोधन नहुनु निराशाजनक हो।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी ओलीको सम्बोधनप्रति टिप्पणी गरेका छन् । पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि पोखेका छन् । उनले लेखेका छन्,”कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्या प्रति सम्बोधन नहुनु निराशाजनक हो। राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।”

सामाजिक सजालमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको आरोप लगाएका छन् । उनले राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा पनि सरकारको ध्यान भने जान नसकेको टिप्पण गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?