गाजामा युद्ध बिराम गर्न डब्लएचओ प्रमुखको अनुरोध

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०८०
|
|
३९ पटक हेरिएको
Shares
गाजामा युद्ध बिराम गर्न डब्लएचओ प्रमुखको अनुरोध

सारांश

  • गाजा।
  • विश्व स्वास्थ्य संगठनका प्रमुखले गाजा जारी युद्ध रोक्नु पर्ने जनाएका छन्।
  • विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले गाजामा जारी युद्ध तत्काल रोक्नु पर्ने जनाएका हुन्।

गाजा। विश्व स्वास्थ्य संगठनका प्रमुखले गाजा जारी युद्ध रोक्नु पर्ने जनाएका छन्। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले गाजामा जारी युद्ध तत्काल रोक्नु पर्ने जनाएका हुन्। उनले युद्धविराम गरी शान्तिको लागि विनम्र अनुरोधसमेत गरेका छन्।

सामाजिक सञ्जालमा साझा गरिएको पोष्टमार्फत उनले इथियोपियाको टिग्रेका टेड्रोसले बाल्यकालमा युद्धको वरिपरि हुर्केका आफ्नै अनुभवहरू साझा गरेका छन्।

‘युद्धको छायामा फसेको बच्चाको रूपमा मैले यसको गन्ध, आवाज र दृश्यहरू राम्ररी चिनेको छु,’ उनले भने, ‘म अहिले द्वन्द्वको बीचमा परेकाहरूप्रति गहिरो सहानुभूति देखाउँछु, उनीहरूको पीडा मेरो आफ्नै जस्तो महसुस गर्दछु।’

यसअघि पनि टेड्रोसले प्यालेस्टिनीस्थित अल–कुड्स अस्पतालमा निकासीको धम्कीको रिपोर्ट प्रति गहिरो चिन्ताको विषय भएको बताएका थिए।

‘हामी दोहोर्याउँछौं, बिरामीहरूले भरिएका अस्पतालहरू उनीहरूको जीवनलाई जोखिममा नराखी बाहिर निकाल्न असम्भव छ,’ उनले भने। टेड्रोसले यसअघि आफ्ना काका इथियोपिया र इरिट्रिया बीचको युद्धमा मारिएको कुरा साझा गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?