चुनावको समिक्षा गरिरहेको माओवादीलाई एमाले अध्यक्ष ओलीले राखे एक्कासि नयाँ प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
४९ पटक हेरिएको
Shares
चुनावको समिक्षा गरिरहेको माओवादीलाई एमाले अध्यक्ष ओलीले राखे एक्कासि नयाँ प्रस्ताव

सारांश

  • भक्तपुर ।
  • नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०७४ साल एमालेमय हुने बताएका छन् ।
  • मंगलबार वैदेशिक रोजगार व्यावसायी संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बालकोटस्थित आफ्नै निवासमा बधाई तथा शुभकामना दिँदै अध्यक्ष ओलीले सो कुराको घोषणा गरेका हुन् ।

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०७४ साल एमालेमय हुने बताएका छन् । मंगलबार वैदेशिक रोजगार व्यावसायी संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बालकोटस्थित आफ्नै निवासमा बधाई तथा शुभकामना दिँदै अध्यक्ष ओलीले सो कुराको घोषणा गरेका हुन् ।

अध्यक्ष ओलीले चुनावमा जित हासिल गर्ने रहर भए माओवादीले अब एमालेसँग सहकार्य गरेर जान समेत आह्वान गरे ।  उनले कांग्रेससँग सति गएर माओवादीले कहिल्यै चुनाव जित्न नसक्ने बताउँदै एमालेसँग सहकार्यमा आउन आह्वान गरे ।

अध्यक्ष ओलीले भने, ‘अब नेपाली कांग्रेससँग सति गएर चुनाव जित्न सकिन्न्, माओवादी साथीहरुले एमालेसँग सहकार्य गर्नुपर्छ । अब नेपालमा लोकतन्त्रको नेतृत्व बामपन्थी आन्दोलनले मात्र गर्न सक्छ ।’

ओलीले भने, ‘म एक(दुई दिनमै माओवादीका नेता साथीहरुलाई भन्नेवाला छु, आजको यथार्थ र भोलिको सम्भावना बताउनेवाला छु । सति गएर चुनाव जितिन्न ।

चुनाव जित्नुपर्छ भने एमालेसँग सहकार्य गर्नुस् भन्नेवावला छु साथीहरुलाई ।’ अध्यक्ष ओलीको यो आह्वानले एमालेले माओवादीलाई स्पेस दिन खोजेको नयाँ संकेत समेत दिन खाजेको देखिन्छ ।

ओली निवास बालकोट पुगेको नवनिर्वाचित वैदेशिक रोजगार व्यावसायी संघका पदाधिकारीहरुले एमाले–माओवादी गठबन्धनका कारण चुनाव जितेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परेका विप्वल समूहका नेता हेमन्तप्रकाशसँग मात्रै २२ वटा सिमकार्ड
पक्राउ परेका विप्वल समूहका नेता हेमन्तप्रकाशसँग मात्रै २२ वटा सिमकार्ड
घुस काण्डमा परेका अख्तियारका पाठकलाई अदालतमा उभ्याइयो
घुस काण्डमा परेका अख्तियारका पाठकलाई अदालतमा उभ्याइयो
यसरी पैसा बनाउने भन्दै काठमाडौंमा दिउँसै ठगी, दुई जना पक्राउ । 
यसरी पैसा बनाउने भन्दै काठमाडौंमा दिउँसै ठगी, दुई जना पक्राउ । 
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
चालकसँग एक मिनेट यात्रुसँग दुई मिनेट : ट्राफिक प्रहरी
चालकसँग एक मिनेट यात्रुसँग दुई मिनेट : ट्राफिक प्रहरी
पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
कस्तो रहला सोमबार देशभरको मौसम?
कस्तो रहला सोमबार देशभरको मौसम?
ब्याज मिनाहाको माग गर्दै विद्युत् प्राधिकरणमा धर्ना
ब्याज मिनाहाको माग गर्दै विद्युत् प्राधिकरणमा धर्ना
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला