चालकसँग एक मिनेट यात्रुसँग दुई मिनेट : ट्राफिक प्रहरी

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
चालकसँग एक मिनेट यात्रुसँग दुई मिनेट : ट्राफिक प्रहरी

सारांश

  • रसुवा, पुस २९ ।
  •   क्रमिक रुपले जनचेतना बढ्न थालेपछि राजमार्गमा ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको छ ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज खड्काका अनुसार सचेतना कार्यक्रमअन्तर्गत राजमार्ग गस्तीमा तीव्रता, घुम्ती प्रशिक्षण तथा ‘चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ कार्यक्रमबाट आएको ट्राफिक नियमको चेतना वृद्धिले ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको हो ।

रसुवा, पुस २९ ।  क्रमिक रुपले जनचेतना बढ्न थालेपछि राजमार्गमा ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज खड्काका अनुसार सचेतना कार्यक्रमअन्तर्गत राजमार्ग गस्तीमा तीव्रता, घुम्ती प्रशिक्षण तथा ‘चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ कार्यक्रमबाट आएको ट्राफिक नियमको चेतना वृद्धिले ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको हो ।

गत वर्ष यस अवधिमा करिब पाँच हजार सवारी चालकलाई ट्राफिक नियम उल्लंघन विषयमा कारवाही गर्नुपरेकाेमा चालु आवको साउनदेखि हालसम्म दुई हजार ८ सय ९९ लाई मात्र कारवाही गरिएको जनाइएको छ ।

चालु आवको छ महिनामा सानाठूला १३ सवारी साधन दुर्घटनामा परी त्यसमा सवार १३ जना सामान्य घाइते भएका थिए । २ हजार ८ सय ९९ सवारी साधनलाई कारबाही गर्दा २१ लाख ४० हजार जरिवाना लिइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

यस्तै गत आवमा ३५ सानाठूला सवारी साधन दुर्घटना, ३५ जना सामान्य घाइते, दुई जनाको मृत्यु, ट्राफिक नियम उल्लंघन गर्ने ८ हजार २ सय सवारी साधन कारबाहीमा परी ६२ लाख ८६ हजार जरिवाना भएको ट्राफिक प्रमुख खड्काले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?