निगमको वाइड बडी जहाज खरिद: सार्वजनिक लेखा समितिले बनायो उप–समिति

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
निगमको वाइड बडी जहाज खरिद: सार्वजनिक लेखा समितिले बनायो उप–समिति

सारांश

  • काठमाडौँ , २६ मंसिर।
  •   नेपाल वायु सेवा निगमको वाइड बडी जहाज खरिद प्रक्रियाबारे छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले सात सदस्यीय उप–समिति गठन गरेको छ ।
  • वाइड बडी जहाज खरिद गर्दा आर्थिक अनियमिता भएको भन्ने विषयमा अनुसन्धान गरिरहेको सार्वजनिक लेखा समितिले कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा उप–समिति गठन गरेको हो ।

काठमाडौँ , २६ मंसिर।  नेपाल वायु सेवा निगमको वाइड बडी जहाज खरिद प्रक्रियाबारे छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले सात सदस्यीय उप–समिति गठन गरेको छ । वाइड बडी जहाज खरिद गर्दा आर्थिक अनियमिता भएको भन्ने विषयमा अनुसन्धान गरिरहेको सार्वजनिक लेखा समितिले कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा उप–समिति गठन गरेको हो ।

समितिमा नेकपाका सांसदहरु कृष्णलाल महर्जन, प्रेम आले, धर्मशिला चापागाईँ, मिना सुब्बा, राजपाकी सांसद चन्दा चौधरी र संघीय समाजवादी फोरमका प्रदीप यादव सदस्य रहेका छन् । सार्वजनिक लेखा समितिको बुधबारको बैठकले उप–समिति गठन गरेको हो । यो समितिलाई वाइड बडी खरिद प्रक्रियाबारे छानबिन गरेर प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ । सार्वजनिक लेखा समितिले यसअघि वाइड बडी खरिद प्रक्रियामा भएको अनियमितताबारे नेपाल वायु सेवा निगम, संस्कृति–पर्यटन तथा नागरिक उड्डन मन्त्रालय र मन्त्रीलाई बोलाएर सोधपुछ गरेको थियो ।

यस्तै समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयसँग पनि खरिद प्रक्रिया नियम संगत भए–नभएको बारे राय मागेको थियो । कार्यालयले वाइडबडी खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन उल्लंघन भएको राय पेश गरेको छ । यसैगरी महालेखा परीक्षकको प्रतिवेदनमा सार्वजनकि खरिद ऐन मिचिएको र आर्थिक अनियमिता भएइको उल्लेख गरिएको छ । संसदकै अर्को समिति अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सांसद दीपक प्रकाश भट्टको संयोजकत्वमा पाँच सदस्य रहेको छानबिन समिति बनाएको छ । यो समितिलाई वाइड बडी जहाज खरिद गर्दा अनियमितता भए नभएको बारे छानबिन गरेर प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?