कपिलवस्तुमा २ पत्रकार कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
कपिलवस्तुमा २ पत्रकार कोरोना संक्रमित

सारांश

  • बुटवल-कपिलवस्तुमा शुक्रबार पुष्टि भएका ९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेका छन्।
  • स्वास्थ्य मन्त्रालयले शुक्रबार पुष्टि गरेका ३० जना संक्रमितमध्ये कपिलवस्तुका ९ जना रहेका थिए ।
  • थपिएका ९ जना मध्ये दुई जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।

बुटवल-कपिलवस्तुमा शुक्रबार पुष्टि भएका ९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेका छन्। स्वास्थ्य मन्त्रालयले शुक्रबार पुष्टि गरेका ३० जना संक्रमितमध्ये कपिलवस्तुका ९ जना रहेका थिए । थपिएका ९ जना मध्ये दुई जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।

संक्रमित पुष्टि हुनेमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ तौलिहवाका २९ वर्षिय पुरुष र अर्का वाणगंगा नगरपालिका वडा नम्बर ११ का २४ वर्षिय पुरुष रहेको उनले बताए । योसंगै कपिलवस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ६९ पुगेको छ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाको वडा नम्बर ४ का ८ वर्षिया बालिका, वडा नम्बर ५ का २७ वर्षिय पुरुष, वडा नम्बर ७ का ५३ वर्षिय पुरुष, वडा नम्बर १० का २५ वर्षिय पुरुष गरी ५ जना रहेका छन्।

(emdrprofessionaltraining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?