नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १६, २०७७
|
|
२६ पटक हेरिएको
Shares
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग

सारांश

  • काठमाडौं, १६ असार ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौं बैठक बालुवाटारमा जारी छ ।
  • आजको बैठकमा शीर्ष नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भारतले आफूलाई हटाउन लागेको भनेर दिएको अभिव्यक्तिबारे जवाफ माग गरेका छन् ।

काठमाडौं, १६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौं बैठक बालुवाटारमा जारी छ । आजको बैठकमा शीर्ष नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भारतले आफूलाई हटाउन लागेको भनेर दिएको अभिव्यक्तिबारे जवाफ माग गरेका छन् । आजको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्तिबारे बैठकमा स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

गत बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकको आज चारऔं दिन हो । यसअघि गत शुक्रबारको बैठकमा ओली अनुपस्थित् भएका थिए भने शनिबारको बैठकमा १५ मिनेटमात्रै सहभागी भएर बाहिरिएका थिए । तर, आजको बैठकमा भने ओली सुरुदेखि नै सहभागी छन् ।

नेकपा स्थायी कमिटी बैठक सुरु, सरकारको कामको समिक्षा हुने

नेकपाभित्र ओली पक्ष र दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच शक्ति संघर्ष सुरु भएको छ । दाहाल–नेपाल समूह स्थायी कमिटीको बैठकमा कडा रुपमा प्रस्तुत भएको छ भने ओली पक्ष रक्षात्मक बनेको छ । स्थायी कमिटीको बैठकमा नै ओलीको राजीनामा माग्नेसम्मको तयारी दाहाल–पक्षले गरिरहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?