सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
४७ पटक हेरिएको
Shares
सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन

सारांश

  • रोल्पा ।
  • सुनछहरी गाउँपालिकामा विभिन्न सहयोगी निकायसँगको सहकार्यमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा ल्याइएको छ ।
  • द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम तिलगङ्गाको सहयोग र सामुदायिक आँखा केन्द्र रोल्पाको सहकार्यमा आँखा केन्द्र स्थापना भएको हो ।

रोल्पा । सुनछहरी गाउँपालिकामा विभिन्न सहयोगी निकायसँगको सहकार्यमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा ल्याइएको छ । द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम तिलगङ्गाको सहयोग र सामुदायिक आँखा केन्द्र रोल्पाको सहकार्यमा आँखा केन्द्र स्थापना भएको हो ।

केन्द्र स्थापनाको अवसरमा केन्द्रले निःशुल्क आँखा जाँच तथा औषधि वितरण गरेको थियो । जसमा कूल ५३ महिला र ४५ पुरुषको आँखा जाँच गरिएको थियो । सो अवसरमा आँखा जाँच गरिएकामध्ये पाँच जनाको मोतिया विन्दुको शल्यक्रिया गर्नुपर्ने र ४५ जनालाई चश्मा प्रयोग गर्न सिफारिस गरिएको थियो । साथै ५६ जनालाई भने निःशुल्क औषधि वितरण गरिएको थियो ।

आँखा केन्द्रको खर्च एक वर्षसम्म द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँले बेहोर्नेछ । यसका फाउण्डेसनले लागि करिब रु २० लाख बराबरको सामग्री र एक वर्षसम्मको जनशक्ति व्यवस्थापन गर्नेछ ।

एक वर्षपछि आँखा केन्द्रको समग्र व्यवस्थापन गाउँपालिकाले लिने सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले जानकारी दिए । आँखा केन्द्रमा आँखाको नियमित जाँचका साथै चस्मा वितरण र सामान्य शल्यक्रियाका साथै औषधिसमेत वितरण गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Kasyno Blik Najlepsze Kasyna Z Blikiem W 2024
एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !
एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !
टीट्वेन्टी विश्वकप क्रिकेट: पारस खड्काकाे अर्धशतक सहित नेपालको जित
टीट्वेन्टी विश्वकप क्रिकेट: पारस खड्काकाे अर्धशतक सहित नेपालको जित
प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
मास्टर्स पढ्ने बिद्यार्थीलाइ अब सरकारले पैसा दिने !
मास्टर्स पढ्ने बिद्यार्थीलाइ अब सरकारले पैसा दिने !
संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल
संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्‍यो
कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्‍यो
आयोगले प्रधानमन्त्रीलाई बुझायो मिटरब्याजसम्बन्धी प्रतिवेदन
आयोगले प्रधानमन्त्रीलाई बुझायो मिटरब्याजसम्बन्धी प्रतिवेदन
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना