बल्झिदै सीमा विवाद, बंकर बनाउँदै चीन अनि गस्ती बढाउँदै भारत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
बल्झिदै सीमा विवाद, बंकर बनाउँदै चीन अनि गस्ती बढाउँदै भारत

सारांश

  • कोरोनाभाइरसको महामारीले विश्व आक्रान्त भइरहेका बेला एसियाली शक्तिराष्ट्र चीन र भारत सीमा विवादमा केन्द्रित छन् ।
  • चीनले पछिल्लो साता लद्दाखसँगै प्याङ्गोङ सो लेक र गल्वान उपत्याकामा थप सेना तैनाथ गरेको छ ।
  • गल्वान क्षेत्रमा पछिल्लो दुई सातामा १ सय भन्दा धेरै पाल टाँगेर चिनियाँ सेनाले बंकर निर्माण गर्न शक्तिशाली सैन्य उपकरण ओसारपोसार गरिरहेको छ ।

कोरोनाभाइरसको महामारीले विश्व आक्रान्त भइरहेका बेला एसियाली शक्तिराष्ट्र चीन र भारत सीमा विवादमा केन्द्रित छन् ।

चीनले पछिल्लो साता लद्दाखसँगै प्याङ्गोङ सो लेक र गल्वान उपत्याकामा थप सेना तैनाथ गरेको छ । गल्वान क्षेत्रमा पछिल्लो दुई सातामा १ सय भन्दा धेरै पाल टाँगेर चिनियाँ सेनाले बंकर निर्माण गर्न शक्तिशाली सैन्य उपकरण ओसारपोसार गरिरहेको छ ।

मिडिया रिपोर्टका अनुसार गत सातामा मात्रै चिनियाँ सेनाले लद्दाख क्षेत्रमा धेरै गतिविधि गरिसकेको छ । दुवै देशका सिपाहीहरुको झगडा समेत भएको केही भिडिओ सार्वजनिक भएका छन् ।
चिनियाँ सेनाको गतिविधिबाट भारतीय पक्ष असन्तुष्ट देखिँदैआएको छ । विवादित मानिएको प्याङ्गोङ सो लेकबाट भारतीय सेनालाई चिनियाँ सेनाले जबर्जस्ती हटाएपछि थप तनाव उत्पन्न भएको छ । भारतीय सेनाले पछिल्लो साता सीमा क्षेत्रमा हवाइ गस्ती बढाइरहेको छ ।

भारतीय सेनाका प्रमुख एमएम नाराभान स्वयं सीमाक्षेत्र नजिकै अवलोकनका लागि पुगेका थिए । मे महिनाको पहिलो साता दुई पक्षका सिपाहीहरुबीच उत्तरी सिक्किमस्थित हिंसात्मक झगडा हुँदा एक सय भन्दा धेरै घाइते समेत भएका थिए ।

यसैबीच भारतीय सेनाले चिनियाँ सेनाले आफ्नो सीमा गस्तीमा बाधा उत्पन्न गरेको जनाएको छ । यसअघि २०१७ मा भारत र चीनका सेना दोक्लममा दुई महिनाभन्दा लामो झडप गरेका थिए ।

२०१८ को अप्रिलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच चीनको वुहानमा अनौपचारिक भेटवार्ता भयो । दोक्लमको झडपलाई अवतरण गराउने भेटको रुपमा पनि यसलाई लिइएको थियो । तिनै दुई देश २०२० मा फेरि युद्धको मनस्थितिमा देखिएका छन् । पछिल्ला घटनाक्रमले उनीहरु दुबै विवादित क्षेत्रबाट पछि हट्ने मनस्थितिमा छैनन् । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त
दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक
‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन
वार्षिक रु ५० लाख राजश्व गुम्दै
वार्षिक रु ५० लाख राजश्व गुम्दै
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै
निजी स्कुलका डरलाग्दो शुल्क, हेर्नुस् कति तिर्छन् अभिभावक!
निजी स्कुलका डरलाग्दो शुल्क, हेर्नुस् कति तिर्छन् अभिभावक!
अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल
अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल

तपाईंले छुटाउनुभयो कि?