टिमुरेमा गैरकानूनी सामान बरामद

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
टिमुरेमा गैरकानूनी सामान बरामद

सारांश

  • रसुवागढी नाकाबाट गैरकानूनी तवरमा नेपाल भित्र्याई टिमुरेमा लुकाइराखिएका ठूलो परिमाणको सामग्री बरामद भएको छ ।
  • रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार बरामद भएका सामानमा तयारी कपडा, सिलाइ यन्त्र र सवारी साधनका पुर्जा छन्।
  • टिमुरे क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणका लागि सरकारले अधिग्रहण गरेका जग्गामा बनेका घरटहरा भत्काउने क्रममा त्यहाँ गैरकानूनी तवरले लुकाइछिपाई राखिएका सामान बरामद भएको बताइएको छ ।

रसुवागढी नाकाबाट गैरकानूनी तवरमा नेपाल भित्र्याई टिमुरेमा लुकाइराखिएका ठूलो परिमाणको सामग्री बरामद भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार बरामद भएका सामानमा तयारी कपडा, सिलाइ यन्त्र र सवारी साधनका पुर्जा छन्।
टिमुरे क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणका लागि सरकारले अधिग्रहण गरेका जग्गामा बनेका घरटहरा भत्काउने क्रममा त्यहाँ गैरकानूनी तवरले लुकाइछिपाई राखिएका सामान बरामद भएको बताइएको छ । उक्त सामान सशस्त्र प्रहरी बल भन्सार सुरक्षा तथा राजश्व गस्ती २१ नम्बर गुल्मले बरामद गरेको हो । सामान निकाल्ने काम अगाडि बढिसकेको सशस्त्रका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिनुभयो । सामानको परिमाण र र मूल्य यकिन गर्ने काम भइरहेको भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
मञ्जु शर्मा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित
मञ्जु शर्मा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित
घरबाहिर नांगै दिसा गर्दा यौन दुव्यवहार, रोग पनि
पानी उद्योगमा  मानव मलमुत्रमा पाइने ‘ कोलिफर्म’ जिवाणु !
पानी उद्योगमा मानव मलमुत्रमा पाइने ‘ कोलिफर्म’ जिवाणु !
जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना
जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना
बलात्कार र हत्या मुद्दाका फरार पक्राउ
बलात्कार र हत्या मुद्दाका फरार पक्राउ
बोडो समूहसँग सम्झौता, आसाममा शान्तिको आशा
बोडो समूहसँग सम्झौता, आसाममा शान्तिको आशा
सुरक्षा निकायको चुस्त परिचालन आवश्यक – गृहमन्त्री थापा
सुरक्षा निकायको चुस्त परिचालन आवश्यक – गृहमन्त्री थापा
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण