व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यवसाय सुरु गरेपछि उपत्यकाका तीनै जिल्लामा सिडियो छलफलमा
सारांश
- आजदेखि उद्योगी तथा व्यवसायीहरुले देशव्यापी रुपमा सरकारको लकडाउन उल्लंघन गर्दै पसल खोलेपछि काठमाडौं उपत्यकाका तीनै वटै जिल्लाका सिडिओ छलफलमा जुटेका छन् ।
- आज लकडाउनको ७२औं दिन हो ।
- व्यवसायीहरुले हिजै एक विज्ञप्ती निकालेर आजबाट पसल खोल्ने जनाईसकेका थिए ।
आजदेखि उद्योगी तथा व्यवसायीहरुले देशव्यापी रुपमा सरकारको लकडाउन उल्लंघन गर्दै पसल खोलेपछि काठमाडौं उपत्यकाका तीनै वटै जिल्लाका सिडिओ छलफलमा जुटेका छन् । आज लकडाउनको ७२औं दिन हो । व्यवसायीहरुले हिजै एक विज्ञप्ती निकालेर आजबाट पसल खोल्ने जनाईसकेका थिए । उनीहरुले सरकारले अवरोध गरे प्रतिकार गर्ने पनि चेतावनी दिएका थिए ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आजदेखि देशभरका पसलहरु खोल्न आह्वान गरेका थिए । उनले पसलहरु खोल्ने क्रममा प्रहरीसँग झडप हुने संभावना रहेकाले व्यवसायीहरुको तर्फवाट पनि तयारी गरिएको दाबी गरेका छ्न् । राज्यसंग मुठभेडसमेत हुनसक्ने बताउदै उनले तयारीका साथ व्यवसायी आफ्नो पेशामा फर्कने उद्घोष गरेका थिए । उनले भने ‘देशभरी मुडभेड हुन सक्छ , व्यवसायीले पनि तयारी गरेका छन् जवाफ दिन हामी तयार छौँ ।’
व्यवसायीहरुले एकतर्फी रुपमा पसल खोलेपछि काठमाडौं उपत्यकामा आज बिहानैदेखि चहलपहल बढेको छ । व्यवसायीहरुले एकतर्फी रुपमा पसल खोलेपछि काठमाडौं उपत्यकामा आज बिहानैदेखि चहलपहल बढेको छ । जिल्ला प्रशासनले अब कसरी अघि बढ्ने भन्नेबारे निर्णय गर्नेगरि छलफललाई अघि बढाएको छ । स्रोतकाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओले व्यवसायीहरुसँग छलफल गर्ने तयारी समेत गरेका छन् ।
प्रतिक्रिया