पसलमा म्याद गुज्रेका सामान बेच्छन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १, २०७५
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, १ साउन – भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसलमा म्याद गुज्रेका खान नमिल्ने सामान गैरकानूनी रुपमा बेचेको भेटिएको छ ।
  • नगरपालिकाका अनुगमन समितिका संयोजक वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा खान नमिल्ने, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो ।
  • अनुगमनका क्रममा एचके खाद्य स्टोरले पसल दर्ता नगरी गैरकानूनी रुपमा सञ्चालन गरेको, नारायण किराना स्टोरमा म्याद नाघेको सामान मिक्स फ्रुट जाम–८ र फ्लिक मिल्क चकलेट भेटिएकाले त्यस्ता खाद्य पदार्थ नष्ट गरिएको, मिति नभएको सैंजु दही भेटिएकाले मिति नभएको बिक्री वितरण नगर्न, पेटीमा राखेको सामान हटाउन, फ्रिज राख्ने फलामे फ्रेम हटाउन र पसल व्यवस्थित गर्न टोलीले निर्देशन दिएको छ ।

भक्तपुर, १ साउन – भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसलमा म्याद गुज्रेका खान नमिल्ने सामान गैरकानूनी रुपमा बेचेको भेटिएको छ ।

नगरपालिकाका अनुगमन समितिका संयोजक वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा खान नमिल्ने, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो ।

अनुगमनका क्रममा एचके खाद्य स्टोरले पसल दर्ता नगरी गैरकानूनी रुपमा सञ्चालन गरेको, नारायण किराना स्टोरमा म्याद नाघेको सामान मिक्स फ्रुट जाम–८ र फ्लिक मिल्क चकलेट भेटिएकाले त्यस्ता खाद्य पदार्थ नष्ट गरिएको, मिति नभएको सैंजु दही भेटिएकाले मिति नभएको बिक्री वितरण नगर्न, पेटीमा राखेको सामान हटाउन, फ्रिज राख्ने फलामे फ्रेम हटाउन र पसल व्यवस्थित गर्न टोलीले निर्देशन दिएको छ ।

त्यस्तै, अनुगमनकै क्रममा कक्षपति किराना पसलमा प्याकिङ सामानमा लेबल नभएको, म्याद नाघेको सामान पान्टेन स्याम्पु एक, डिटोल ह्यान्ड वास एक र श्रीशिव पञ्जाबी मसला पापड एक भेटिएकाले त्यस्ता सामान नष्ट गरिएको छ । त्यस्तै, पेटीमा राखेको फ्रिज राख्ने फ्रेम तीन दिनभित्र हटाउन निर्देशन दिएको छ ।

यता मेरो श्रेष्ठ किराना पसलमा प्याकेजिङको समानमा लेबल नराखी बिक्री गरेको, प्रजापति भेज स्टोरले एउटा पसल दर्ता गरी दुई वटा सञ्चालन गरेको, प्याकेजिङ सामानमा लेबल नराखी बिक्री गरेको, मूल्यसूची नराखेको पाइएपछि तत्काल कानूनी व्यवस्थाअनुसार गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?