आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?

सारांश

  • काठमाडौं।
  • विश्वकै सर्वाधिक ठूलो मानिएको टि–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिगमा टिमहरुले खेलाडी किनबेच गर्ने समय सकिएको छ ।
  • बिहीबार खेलाडी किनबेचको अन्तिम समय थियो ।

काठमाडौं। विश्वकै सर्वाधिक ठूलो मानिएको टि–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिगमा टिमहरुले खेलाडी किनबेच गर्ने समय सकिएको छ । बिहीबार खेलाडी किनबेचको अन्तिम समय थियो । अन्तिम समयसम्म खेही टिमले केही खेलाडी किनबेच गरेका छन् ।आगामी सिजनको लागि खेलाडीको ट्रेडिङ विन्डो खुलेपछि सबैभन्दा पहिले खेलाडी किनबेचको सुरुवात मुम्बइ इण्डियन्स र दिल्ली क्यापिटल्सले गरेका थिए ।

गएको जुलाइमा दिल्ली क्यापिटल्सले मुम्बइका लेगस्पिनर मयंक मार्कण्डेलाई आफ्नो टिममा ल्याएर आफूसँग भएका वेष्ट इण्डिजका शेफरन रदरफोर्ट मुम्बइलाई दिएको थियो ।त्यसपछि खेलाडी किनबेचको काम यही नोभेम्बर महिनामा भयो । नोभेम्बर ८ मा दिल्ली क्यापिटल्सले किंग्स ११ पंजाबसँग स्पिनर रविचन्द्रन अश्विनलाई किन्यो । त्यपछि दिल्लीले अलराउण्डर जगदीश सूचितलाई पंजाबलाई बेच्यो । किंग्स ११ पंजाबले फास्ट बलर अंकित राजपुतलाई राजस्थान रोयल्सलाई बेच्यो । दिल्लीले न्यूजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट मुम्बइ इण्डियन्सलाई बेचेको छ ।

राजस्थान रोयल्सले अलराउण्डर कृष्णप्पा गौतमलाई किंग्स ११ पंजाबलाई बेच्यो । राजस्थान रोयल्सले पनि आफ्ना सबैभन्दा पुराना खेलाडी अजिंक्या राहाणेलाई दिल्ली क्यापिटल्सलाई बेचेको छ । उता गत सिजन सकिएपछि मुम्बइसँग दिल्लीले मयंक मार्कण्डेलाई किनेको थियो तर उसले अर्को सिजन सुरु हुनुभन्दा पहिल्यै फेरि मार्कण्डेलाई राजस्थान रोयल्सलाई बेचेको छ ।दिल्लीले बलिङ अलराउण्डर राहुल तेवटियालाई पनि राजस्थानलाई बेचेको छ । राजस्थानले आफ्ना फास्ट बलर धवल कुलकणीलाई पनि मुम्बइ इण्डियन्सलाई बेचेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार नगरपालिकाको मतगणनाको पछिल्लो परिणाम
चार नगरपालिकाको मतगणनाको पछिल्लो परिणाम
भारतलाई पराजित गर्ने नेपाली क्रिकेट टोलीलाई ओलीले जनही दस हजार दिने
भारतलाई पराजित गर्ने नेपाली क्रिकेट टोलीलाई ओलीले जनही दस हजार दिने
अन्तर्राष्ट्रिय क्रिकेटबाट एबी डिभीलिय ले लिए सन्यास !
अन्तर्राष्ट्रिय क्रिकेटबाट एबी डिभीलिय ले लिए सन्यास !
अदुवामा रोग लागेपछि किसान चिन्तित
अदुवामा रोग लागेपछि किसान चिन्तित
  आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग
  आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
जनताको काममा व्यस्त हुन अाफ्नाे काम छोड्दै यि वडाध्यक्ष
जनताको काममा व्यस्त हुन अाफ्नाे काम छोड्दै यि वडाध्यक्ष
जापानले रेडियोधर्मी पानी समुद्रमा छाड्दै
जापानले रेडियोधर्मी पानी समुद्रमा छाड्दै
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)

तपाईंले छुटाउनुभयो कि?