आजबाट लकडाउन झन कडा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २७, २०७७
|
|
२४ पटक हेरिएको
Shares
आजबाट लकडाउन झन कडा

सारांश

  • सरकारले आजबाट लकडाउन झन् कडा गरेको छ ।
  • सडकमा यातायात बढी चलेर जाम हुनथालेपछि लकडाउनमा कडाई गरेको हो ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले आजबाट लकडाउन कडा गरिएको बताएका छन् ।

सरकारले आजबाट लकडाउन झन् कडा गरेको छ । सडकमा यातायात बढी चलेर जाम हुनथालेपछि लकडाउनमा कडाई गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले आजबाट लकडाउन कडा गरिएको बताएका छन् । उनले युनिटहरुलाई कडाईका साथ कदम चाल्न निर्देशन दिइसकेको बताए ।

‘आजबाट लकडाउन झन् कडा भइसकेको छ,’ एसएसपी ढकालले भने, ‘लकडाउन झन् कडा हुन्छ, सम्पूर्ण युनिटलाई निर्देशन दिइसकेकोको छु ।’

७७ दिन लकडाउन हुँदा उतारचढाव भएको र दैनिक सेवा दिने सवारी साधन चलेको बताए । त्यसबाहेकका सवारी साधनलाई दैनिक कारबाही गरिएको बताए ।

पास लिएका र अत्यावश्यक सेवा दिने सवारी चल्न दिइएको जानकारी दिए । नागरिकलाई स्वास्थ्य, खाद्यान्न, पानीलगायत ४२ वटा सेवा सम्बन्धी सवारी सञ्चालन गर्न छुट भएको बताए । अत्यावश्यक वस्तु पुर्याउन मात्र सवारी चल्न दिइएको उनको भनाई थियो ।

उनले भने, ‘अनावश्यक गुडेका सवारी नियन्त्रणमा लिएका छौं, उल्लंघन गर्ने दैनिक २ हजार जति गाडी उपत्यकामा नियन्त्रणमा लिएको तथ्यांक छ ।’ ढकालले अत्यावश्यकबाहेक सवारी नगुडाउन आग्रह गरे । गुडेका गाडीहरु सबै सुरक्षाको निगरानीमा रहेको बताए । कोरोना भाइरसको रोकथामका लागि लकडाउन कडाई गरिएको उनको भनाई थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?