बलात्कृत भएकी नेपाली युवतीको शौचालयबाट उद्दार

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
बलात्कृत भएकी नेपाली युवतीको शौचालयबाट उद्दार

सारांश

  • काठमाडौं – ओमनको मावेलामा ६ बंगालीद्वारा अपहरणपछि बलात्कृत भएकी एक नेपाली घरेलु कामदारलाई ओमनी प्रहरीले शनिबार उद्धार गरेको छ ।
  • प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो ।
  • उनी प्रहरीको संरक्षणमा छिन् ।

काठमाडौं – ओमनको मावेलामा ६ बंगालीद्वारा अपहरणपछि बलात्कृत भएकी एक नेपाली घरेलु कामदारलाई ओमनी प्रहरीले शनिबार उद्धार गरेको छ । प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो । उनी प्रहरीको संरक्षणमा छिन् ।

शुक्रबार दिउँसो ३ बजे अपहरणमा परेकी बुटवलकी ती पीडितलाई प्रहरीले शनिबार बिहान ३:३० बजे उद्धार गरेको हो । अपहरणकारी फरार छन् । ‘राम्रो घरमा काम लगाइदिन्छु’ भनी बोलाएर ती युवतीलाई बंगालीहरूले एउटा भवनमा लगेर बलात्कार गरेको पीडितले बताइन् ।

उनका अनुसार बलात्कार घटना सार्वजनिक हुने डरले उनीहरूले हत्या योजनासमेत बनाएका थिए । तर तीमध्ये एक बंगाली हत्याको विपक्षमा उभिएपछि उनीहरूवीच विवाद भएको थियो । त्यही मौकामा आफू भागेर शौचालयमा लुकेको उनले बताइन् ।

‘मलाई त्यत्तिकै छाडिदिए जबर्जस्ती करणी र अपहरणको पोल खुल्ने डरले मारेर नजिकैको पानी ट्यांकीमा फ्याँकिदिने योजना बनाए । एउटा ठूलो बोरा र घन पनि ल्याए । बुर्काले मेरो मुख बन्द गरिदिए,’ उनले सुनाइन्, ‘मलाई बोलाउने बंगाली हत्याको विरुद्धमा उभिएपछि अरूले उसलाई घाँटी थिचेर कुटपिट गर्न थाले । त्यही मौकामा भागेर शौचालयभित्र छिरेर ढोका बन्द गरें र प्रहरीलाई फोन गरें ।’ आफूले फोन गरेको २० मिनेटमै प्रहरी आएर उद्धार गरेको पीडित युवतीले बताइन् । प्रहरी आउँदा उनीहरू भागिसकेका थिए ।

ती युवती १४ महिनाअघि घरेलु कामदारका रूपमा ओमन पुगेकी थिइन् । मालिकनीबाट यातना भोग्दै आएकी उनी तलबसमेत नदिएपछि ८ महिनाअघि घर छाडेर अवैध रूपमा बाहिर काम गर्दै आएकी थिइन् । ‘एउटा बंगाली नागरिकसँग सम्पर्क भएको थियो । उसले राम्रो तलब सुविधासहित राम्रो घरमा काम लगाइदिने आश्वासन दिएर मावेलामा बोलायो । घरछेउमा पुगेपछि मालिकनीलाई बोलाउँछु भन्दै घरभित्र गयो । एकछिनमा अर्को बंगालीसहितको टोली आएर नजिकैको नयाँ घरमा लिएर गए । त्यहीँ बन्दी बनाएर जबर्जस्ती गरे,’ उनले भनिन् ।

उनले आफ्नो गुमिसकेको जीवन पुन: पाएकोमा खुसी व्यक्त गरिन् । ओमनस्थित गैरआवासीय नेपाली सामाजिक क्लबका अध्यक्ष दीपक श्रेष्ठका अनुसार मृत्युको मुखबाट जोगिएकी पीडित युवती क्लबको सम्पर्कमा छिन् । प्रहरीले घटनाको छानबिन थालेको छ । ‘अपहरण गर्ने बंगालीलाई खोजी गरी कारबाहीका लागि पहल गर्न नेपाली दूतावासलाई आग्रह गरेका छौं,’ श्रेष्ठले भने ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
रोमाञ्चक खेलमा सोमपालको टिम विजयी, फाइनलमा नाईट्ससँग भिड्ने
रोमाञ्चक खेलमा सोमपालको टिम विजयी, फाइनलमा नाईट्ससँग भिड्ने
सांसदले कुटे प्रशासकीय अधिकृत
देउवा दम्पतीको अर्को ठूलो निर्णयः जयवीरले बुबाको विरासत जोगाउलान ?
देउवा दम्पतीको अर्को ठूलो निर्णयः जयवीरले बुबाको विरासत जोगाउलान ?
पती सीडीओ पत्नी स्वकीय सचिव !
पती सीडीओ पत्नी स्वकीय सचिव !
सप्तकोसीमा पानीको बहाब यो वर्षकै उच्च, रातो बत्ति बल्यो, स्थानीय त्रसित
सप्तकोसीमा पानीको बहाब यो वर्षकै उच्च, रातो बत्ति बल्यो, स्थानीय त्रसित
त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास
त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास
श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त
श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त
नागरिकता पाइन् सपना बादीले
नागरिकता पाइन् सपना बादीले
सभामुखको सरकारलाई रुलिङ, संसदमा उठेका प्रश्नको जवाफ दिनू
सभामुखको सरकारलाई रुलिङ, संसदमा उठेका प्रश्नको जवाफ दिनू

तपाईंले छुटाउनुभयो कि?