दाङमा अचेत अवस्थामै ज्यान गुमाएकी महिलामा कोरोना पुष्टि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १२, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • दाङमा अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
  • राप्ती अस्पताल नजिकै प्रहरीले फेला पारेको उनको उपचारका क्रममा हिजो मृत्यु भएको हो ।
  • मृत्युपछि उनको स्वाबको नमुना परीक्षणका लागि लगिएकोमा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

दाङमा अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती अस्पताल नजिकै प्रहरीले फेला पारेको उनको उपचारका क्रममा हिजो मृत्यु भएको हो ।

मृत्युपछि उनको स्वाबको नमुना परीक्षणका लागि लगिएकोमा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

अन्दाजी ३० वर्षकी उनको उपचारका क्रममा मृत्यु भएको थियो । ११ असारमा स्वाब संकलन गरी जाँच गर्दा १२ असारमा नतिजा पोजेटिभ आएको थियो । ती महिलाको परिचय अझै खुल्न सकेको छैन । उनको बारेमा जानकारी लिने प्रयास भइरहेको डा. गौतमले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?