बेहुलाको निधन भएको ९ महिनापछि समाधिमा गएर विवाह (मनछुने प्रेम कहानि)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
बेहुलाको निधन भएको ९ महिनापछि समाधिमा गएर विवाह (मनछुने प्रेम कहानि)

सारांश

  • झट्ट हेर्दा सामान्य लाग्छ ।
  • यो उल्लासपूर्ण विवाहको फोटो संग्रह लाग्छ, बुवाआमा रोइरहेका, साथीहरुले बेहुलीलाई सिंगारी रहेका, केही नर्भस भएकी बेहुली अनि होहल्ला गर्दै रमाइरहेका बालबालिकाहरु ।
  • तर नजिकबाट हेर्यो भने केही छुटेको स्पष्ट हुन्छ ।

झट्ट हेर्दा सामान्य लाग्छ । यो उल्लासपूर्ण विवाहको फोटो संग्रह लाग्छ, बुवाआमा रोइरहेका, साथीहरुले बेहुलीलाई सिंगारी रहेका, केही नर्भस भएकी बेहुली अनि होहल्ला गर्दै रमाइरहेका बालबालिकाहरु । तर नजिकबाट हेर्यो भने केही छुटेको स्पष्ट हुन्छ । जुन विवाहको फोटो संग्रह हेरिएको छ, त्यो विवाहका बेहुला केन्डल मुर्फीको ९ महिनाअघि दुर्घटनामा निधन भयो । बेलुही जेसिका प्याडगेट आफ्नो विवाह पहिरनमा एक्लै उभिएकी छन् केन्डलको समाधि स्थल नजिकै । यो घटना हो अमेरिकाको इन्डियाना राज्यको ।केन्डल र जेसिकाको घर सात माइल पर थियो । उनीहरु कलेजमा पहिलो पटक भेटिएका हुन् । दुवै अमेरिकी फुटबलका ठूला फ्यान । केन्डलले नोट्री रंगशालाको सोलो टुरको बेला जेसिकालाई सरप्राइज दिए । उनले जेसिकालाई रंगशालामै विवाहका लागि प्रस्ताव गरे ।अग्निनियन्त्रक केन्डलको गएको नोभेम्बरमा रक्सीले मातेका ड्राइभरले चलाएको गाडीले ठक्कर दिँदा निधन भयो । २५ वर्षकी जेसिका स्वभाविक रुपले टुटिन् । उनले केन्डललाई सम्झिँदै भनिन्, ‘उ निकै उत्कृष्ट व्यक्ति थियो । निकै माया गर्ने, अति दयालु थियो ।’ तर जेसिकाले केन्डलको निधन भए पनि पूर्व निर्धारित विवाहको मितिलाई निरश नबनाउने निर्णय गरिन् । गएको सेप्टेम्बर २९ मा विवाहको मिति थियो । जेसिका विवाहको सेतो ड्रेसमा सजिइन् । साथी तथा परिवारका सदस्य जम्मा भए ।

विवाहको तस्बिर खिच्नका लागि जेसिका र केन्डलले फोटोग्राफर बुक गरेका थिए । तिनै फोटोग्राफरले फोटो खिचे । जेसिकाले विवाह बारे भनिन्, ‘म हाम्रो विवाहको दिनलाई मनाउन चाहन्थेँ, हामी भौतिक रुपमा साथमा नरहे पनि । मलाई यो दिनका सम्झनाहरु संगाल्नु थियो ।’विवाह र फोटो सुटको आइडिया जेसिकालाई तत्काल आएको थिएन । तर केन्डलको निधन भएको केही दिनपछि नै विवाहको ड्रेस बनाउन दिएको बुटिकबाट जेसिकालाई ड्रेस तयार भएको जानकारी गराउन फोन आयो । उनले भनिन्, ‘पहिलो कुरा त ड्रेसको आवश्यकता नै थिएन अब, आफ्नो मिल्ने साथीसँग विवाह गर्ने सपना टुटिसकेको थियो । तर बुवाआमाले ड्रेसका लागि पैसा तिरेकाले लिने निर्णय गरियो । त्यसपछि मात्रै यो आइडिया आएको हो ।’

जेसिकाले मात्रै होइन उनलाई थाहा नदिइ केन्डलकी आमाले पनि फोटोग्राफरसँग यो असहज विवाहको फोटो खिच्नका लागि आग्रह गरेकी थिइन् । त्यसपछि फोटोग्राफर तयार भइन् । त्यसपछिको तस्बिर एक वयश्क महिलाले आफन्त गुमाउँदाको पीडाको प्रमाण बनेको छ ।जेसिकाले विवाहको फोटो सुटको दिन सम्झिइन्, ‘म रेलमा थिएँ कि मष्तिस्कमा म एक्लै उभिनेछु, बेहुला हुने छैन मसँग भन्ने विचार आइरहेका थिए । मैले बुवालाई देखेँ मन थाम्नै सकिन ।’तर त्यहाँ शोकसँगै हाँसो पनि आयो । जेसिकाले आफूलाई सम्हालिन् र फोटो सुट गरिन् । विवाहको दिन जेसिका र उनको परिवारका लागि थेरापी जस्तै बन्यो । यो विवाह समारोहमा परिवारका सदस्य, साथीहरु र केन्डलले काम गर्ने अग्निनियन्त्रण विभागका साथी कर्मचारीहरु थिए ।जेसिकाको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो ।तस्बिरले आफूलाई केन्डलसँग थप नजिक बनाएको जेसिकालाई महसुस भएको छ । उनी भन्छिन्, ‘म अहिले उसलाई देख्न सक्छु, साँच्चै भन्दा उ मेरो मुटुमा छ ।’ जेसिकाका तस्बिर म्याण्डी केनिपले खिचेकी हुन् ।

स्रोत : युजिसी एण्ड सोसल न्युज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१०० वर्ष पुग्न लागेका राष्ट्रका दुईजना ‘बा’
१०० वर्ष पुग्न लागेका राष्ट्रका दुईजना ‘बा’
सामसुङले ल्यायो ५ हजार माइलसम्म कन्ट्रोल गर्न मिल्ने फाइभजी रिमोट कार
सामसुङले ल्यायो ५ हजार माइलसम्म कन्ट्रोल गर्न मिल्ने फाइभजी रिमोट कार
यौनकर्मीसँग हुक्किएका मुख्यमन्त्री गुरुङले यस्तो राखे अचम्मको प्रस्ताव
यौनकर्मीसँग हुक्किएका मुख्यमन्त्री गुरुङले यस्तो राखे अचम्मको प्रस्ताव
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
नेपाल विकास र समृद्धिकाे बाटाेमाः प्रधानमन्त्री अाेली
नेपाल विकास र समृद्धिकाे बाटाेमाः प्रधानमन्त्री अाेली
निर्मला पन्त हत्याकाण्डमा प्रहरीको प्रयास जारी : महानिरीक्षक खनाल
निर्मला पन्त हत्याकाण्डमा प्रहरीको प्रयास जारी : महानिरीक्षक खनाल
प्रधानमन्त्री देउवा न्यूयोर्कमा
प्रधानमन्त्री देउवा न्यूयोर्कमा
दुई तिहाइको कसरतमा प्रधानमन्त्री ओली
दुई तिहाइको कसरतमा प्रधानमन्त्री ओली
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार !
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार !