गाउँपालिका अध्यक्षले थारू बस्तिमा पुगेर टुकि बत्ती निभाएपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०७५
|
|
७१ पटक हेरिएको
Shares
गाउँपालिका अध्यक्षले थारू बस्तिमा पुगेर टुकि बत्ती निभाएपछि…

सारांश

  • माधव बेल्वासे,कपिलवस्तु(चन्द्रौटा) १३ असोज ।
  • भारतीय सिमावर्ती क्षेत्र संग जोडिएको जंगल भित्र रहेको गाउँ जवावैराठमा टुकी बत्ती निभाउदैं गर्दा गाउँबासीमा खुसियाली छाएको छ ।
  • एक कार्यक्रमका विच गाउँपालिका अध्यक्षले टुकि बत्ती निभाएर विजुली बत्ती बालेर विद्युत सेवाको उद्घाटन गर्दै गर्दा गाउँबासी निकै हर्षित देखिएका थिए ।

माधव बेल्वासे,कपिलवस्तु(चन्द्रौटा) १३ असोज । भारतीय सिमावर्ती क्षेत्र संग जोडिएको जंगल भित्र रहेको गाउँ जवावैराठमा टुकी बत्ती निभाउदैं गर्दा गाउँबासीमा खुसियाली छाएको छ । एक कार्यक्रमका विच गाउँपालिका अध्यक्षले टुकि बत्ती निभाएर विजुली बत्ती बालेर विद्युत सेवाको उद्घाटन गर्दै गर्दा गाउँबासी निकै हर्षित देखिएका थिए । बर्षौ देखिको अध्यारोलाई चिर्दै गाउँमा विजुली पुग्दा स्थानीयहरु खुसी भएका छन ।

मानव बस्ती बसेको १४ औं पुस्ता सम्म आइपुगेको कपिलवस्तु जिल्लाको विकट गाउँ विजयनगर गाउपालिका वडा न १ मा पर्ने जवाबैराठ गाउँमा पुर्खा देखि बाल्दै आएको ढेब्री (टुकी) गाउँवासीले निभाएका छन । बर्षौ देखी अध्यारो बस्दै आएकी गाउँकै चमेलिया थारुले गाउमाँ विजुलि बत्ती आउला र विजुली बत्ती बालौला भन्ने आसाको त्यान्द्रो मात्रै लिए थिइन । “धेरै ठूला ठूला मान्छेहरु यो गाउँ धुम्न आउथे , सबैले विजुली ल्याउन पहल गर्छम भन्थे, हामीलाई आसा देखाउथे तर बत्ती बर्षौ सम्म आएन, हामीले हाम्रौ पालामा विजुली बालौला भन्ने आसा पनि मर्न लागि सकेको थियो तर आज गाउँमा बत्ती पुग्यो, साच्चै खुसी लागेको लागेको छ” कार्यक्रमका आएका पाहुनाहरुलाई माला र खादाँ ओढाइ दिदै गरेकी उनले भनिन ।

गाउँमा विजुली बत्ती नहुदाँ कुटानी पिसानीका लागी ५ किलो मिटर टाडाको अर्को गाउँमा जानु पर्ने , विद्यालय जाने केटाकेटीले टुकीको भरमा गृहकार्य गर्नु पर्ने, समस्या अब नहुने भन्दै जवावैराठ विद्युत उपभोक्ता समितिका अध्यक्ष जग्दीश चौधरीले खुसी व्यक्त गरे ।  गाउँमा विजुली बत्ती ल्याउन आफुहरुले धेरै समय देखि पहल गरेको भए पनि जगंलको विचबाट विद्युत्तिय तार तान्न वन नदिने केहि रुखहरु हटाउनु पर्ने जस्ता समस्याले गाउँ बर्षौ देखि अध्यारोमा रहेको थियो । वन संगको सहकार्य र स्थानिय तहका जन प्रतिनिधीको पहलमा गाउँमा विद्युत्त ल्याउन सफल भएको समितिका अध्यक्ष चौधरीले बताए ।“गाउँमा सबैको हातमा मोबाइल थियो तर चार्ज गर्ने समस्या अब त्यो समस्या रहेन ” चौधरीले भने ।

‘दुर्गम गाउँमा बिजुली बल्ला भनेर पत्यार नै लागेको थिएन आफ्नै आखाँ विजुली बत्ती बलेको देखे पछि भन्ने हाम्रो गाउँमा पनि विजुली वत्ती आयो भन्दै ६० बर्षिय बुधराम चौधरीले खुसी मनाए । धेरै युवाहरुलाई विहेवारीका लागि केटी माग्न जादाँ गाउँमा विजुली बत्ती पुगेको छैन भन्दा छोरी चेली नै नदिने गरेको विगतको तितो सत्य सम्झदै , गाउँमा वत्ती बलेपछि भने जीवन कै सबै भन्दा खुसीको क्षण भएको शिवा चौधरीले बताइन । अब यो ढिकरी टुकी बाल्नु पर्दै घरको भित्ता कालो पनि हुदैन, उनले खुशी व्यक्त गरिन ।

थारु समुदायको बाहुल्यता रहेको सो बस्तीमा शुक्रबार विजयनगर गाउँपालिका प्रमुख गोपाल थापाले मट्टितेलको टुकी बत्ती निभाएर विजुली बत्ती बालेर शुक्रबार उद्घाटन गरेका हुन ।चुनावको बेला मुख्य ऐजेण्डा वनाएर हिडेको स्मरण गर्दै गाउपालिकाका अध्यक्ष थापाले गाउँमा बत्ती बालेर आफ्नो वाचा पुरा गरेको वताए । कुल २८ लाखको लागतमा विजुली बत्ती बाल्न सफल भएको विद्युत्त प्राधिकरण कृष्णनगरका प्रमुख लक्ष्मी केशर अगन्जाले बताए । २८ लाख मध्ये गाउँपालिकाको १० लाख र प्राधिकरणको १८ लाख लागतमा विद्युत लाइन विस्तार गरिएको अगन्जाले बताए ।गाउँमा विद्युत्तको समस्या समधान भए पनि मोवाइल नेटवर्क नआउदाँ संचारको समस्या भने ज्यूकात्यूँ रहेको स्थानियले बताएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितुवाको आक्रमणबाट बालकको मृत्यु
मध्यपूर्वमा युद्ध झन् चर्कंदै, लेबनानी सहरहरुमा इजरायलको नयाँ आक्रमण
मध्यपूर्वमा युद्ध झन् चर्कंदै, लेबनानी सहरहरुमा इजरायलको नयाँ आक्रमण
सुन काण्ड: थप दुई जना पक्राउ !
सुन काण्ड: थप दुई जना पक्राउ !
राजीनामा दिने छानविन समितिका सदस्य केसी पुनः काममा फर्कने गृहमन्त्री बादलकाे भनाई !
राजीनामा दिने छानविन समितिका सदस्य केसी पुनः काममा फर्कने गृहमन्त्री बादलकाे भनाई !
पोखरामा नववर्ष महोत्सव हुने
पोखरामा नववर्ष महोत्सव हुने
हामीलाई मन्त्रीको काम चित्त बुझेन भने तुरुन्त फेर्छौं:  विष्णु रिमाल
हामीलाई मन्त्रीको काम चित्त बुझेन भने तुरुन्त फेर्छौं: विष्णु रिमाल
परराष्ट्रमन्त्री ज्ञवालीले चीन पुगेर राखे यी ५ कुरा…
परराष्ट्रमन्त्री ज्ञवालीले चीन पुगेर राखे यी ५ कुरा…
प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी
प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी
तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा दुई स्थानीय सरकारका प्रमुख
तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा दुई स्थानीय सरकारका प्रमुख
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन्  गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन् गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !