ओली दाहाल भेटवार्तामा सहमति हुन सकेन

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १५, २०७७
|
|
४८ पटक हेरिएको
Shares
ओली दाहाल भेटवार्तामा सहमति हुन सकेन

सारांश

  • सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ ।
  • १२ दिनपछि आज भएको करिब एक घण्टा लामो भेटवार्तामा अध्यक्षद्धयबीच पछिल्लो विवाद समाधानबारे ठोस सहमति नभएको स्रोतले जनाएको छ ।
  • मन्त्रिमण्डल पूनर्गठनदेखि पर्सामा कार्यकर्ता हत्यासम्मको विषयलाई लिएर दाहाल असन्तुष्ट बनेका छन् ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । १२ दिनपछि आज भएको करिब एक घण्टा लामो भेटवार्तामा अध्यक्षद्धयबीच पछिल्लो विवाद समाधानबारे ठोस सहमति नभएको स्रोतले जनाएको छ । मन्त्रिमण्डल पूनर्गठनदेखि पर्सामा कार्यकर्ता हत्यासम्मको विषयलाई लिएर दाहाल असन्तुष्ट बनेका छन् । आजको छलफलमा दाहालले पार्टीका अन्य नेताहरुको माग बमोजिम तत्काल सचिवालय बैठक बस्नुपर्ने प्रस्ताव राखेका थिए । तर, सचिवालय बैठक कहिले बस्ने ? भन्नेबारे अहिलेसम्म कुनै टुँगो छैन् ।

ओली भेट्न बालुवाटार जानुपुर्व दाहालसँग वरिष्ठ नेता माधव कुमार नेपालले भेटवार्ता गरेका थिए । पछिल्लो समय नेकपामा अध्यक्ष दाहाल र नेता नेपाल एक ठाउँमा उभिएका छन् । यसअघि ओलीले पटक पटक भेट्न बोलाउँदापनि दाहालले ओलीको प्रस्तावलाई अस्विकार गर्दै आएका थिए । ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई दाहाललाई भेट्न पठाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले पोखरामा मेयर र उपमेयरका उम्मेदवार आन्तरिक मतदानबाट खोज्ने
एमालेले पोखरामा मेयर र उपमेयरका उम्मेदवार आन्तरिक मतदानबाट खोज्ने
महिला, बालबालिका तथा जेष्ठ नारिकमन्त्री आचार्यको सयदिन
महिला, बालबालिका तथा जेष्ठ नारिकमन्त्री आचार्यको सयदिन
अस्पतालमा कुरुवालाई उद्योग वाणिज्य महासङ्घले कुरुवा घर बनाइदिने
अस्पतालमा कुरुवालाई उद्योग वाणिज्य महासङ्घले कुरुवा घर बनाइदिने
अँध्यारोमा कसैले तरवार नचलाऊँ : सञ्चारमन्त्री बास्कोटा
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
भने जतिको अलेचिको दाम् नपाएर किसान मर्कामा
भने जतिको अलेचिको दाम् नपाएर किसान मर्कामा
आरजुको दबाबमा राखिएका मुख्य सचिव रेग्मीले टेरेनन्, हटाउन प्रधानमन्त्रीलाई दबाब
आरजुको दबाबमा राखिएका मुख्य सचिव रेग्मीले टेरेनन्, हटाउन प्रधानमन्त्रीलाई दबाब
कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाई सेवा ठप्प
कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाई सेवा ठप्प
१ करोड पुरस्कार सहितको ‘रियालिटी शो’ मौका
१ करोड पुरस्कार सहितको ‘रियालिटी शो’ मौका
रबर जस्तै यिनको जिउ ? जहाँसुकैबाट सरीर मोड्न सक्ने