गत वर्ष ३० अर्ब रुपैयाँको सुन आयात

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
गत वर्ष ३० अर्ब रुपैयाँको सुन आयात

सारांश

  • काठमाडौं- सरकारले झिटीगुन्टा अन्तर्गत सुन ल्याउन पाउने व्यवस्था हटाएपछि गत वर्ष ३० अर्ब रुपैयाँको सुन आयात भएको छ।
  • यो अघिल्लो आवको तुलनामा चार गुणा बढी हो।
  • मुलुकमा यति धेरै मात्रामा सुन भित्रिएको यो पहिलो पटक हो।

काठमाडौं- सरकारले झिटीगुन्टा अन्तर्गत सुन ल्याउन पाउने व्यवस्था हटाएपछि गत वर्ष ३० अर्ब रुपैयाँको सुन आयात भएको छ। यो अघिल्लो आवको तुलनामा चार गुणा बढी हो। मुलुकमा यति धेरै मात्रामा सुन भित्रिएको यो पहिलो पटक हो।

सरकारले गत भदौदेखि वैदेशिक रोजगारीमा गएका र विदेश गएका अन्य व्यक्तिले काँचो सुन (बनिबनाउ सुनका गहना बाहेक) ल्याउन प्रतिबन्ध लगाएको थियो। त्यसपछि बैंकिङ प्रणालीबाट सुन आयात ह्वात्तै बढेको हो। यो सुविधा अन्तर्गत ५० ग्राम सुन ल्याउन पाउने व्यवस्था थियो।

नेपाल बैंकर्स संघका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा एक हजार ६ सय ५० किलो सुन बैकिङ प्रणालीबाट आयात भएको थियो। गत आर्थिक वर्ष २०७३/०७४ मा यो ६ हजार चार सय ५५ किलो पुगेको छ। बजारमा बुधबार प्रतितोला सुनको मुल्य करिव ५४ हजार रुपैयाँ तोकिएको छ। यो हिसावले एक वर्षमा करिव ३० अर्ब रुपैयाँको सुन मुलुकमा भित्रिएको हो।

आर्थिक वर्ष २०७१/०७२ मा दैनिक करिब साढे चार किलो सुन बैकिङ प्रणालीबाट आयात हुने गरेको थियो। गत आर्थिक वर्ष भने त्यसको चार गुणाभन्दा माथि (दैनिक करिब १८ किलो) सुन आयात हुने गरेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ।

बैंकहरुले गत फागुनदेखि प्रतिदिन २० किलो र चाडपर्वमा थप दैनिक पाँच किलो आयात गर्न पाउने व्यवस्था गरेको छ। यसअघि दैनिक १५ किलो मात्र सुन आयात गर्न पाउँथे।

टुक्रे सुनको माग बढेकोले बैंकहरुले सय ग्राम, पाँच सय ग्रामका टुक्रा पनि ल्याउन थालेका छन्। नेपाल राष्ट्र बैंकले बैंकहरुलाई पुसको तेस्रो साता सुनका टुक्रा पनि ल्याउन दिने व्यवस्था गरेको थियो। यसअघि किलोभन्दा माथिको सुनमात्र आयात गर्न पाउँथे।

सुनचाँदी व्यवसायीले एक किलोभन्दा कम परिमाणको सुन पनि किन्न पाउनुपर्ने माग राख्दै आएका थिए। उनीहरुको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो। बैंकहरुले किलोभन्दा माथिका सुनमात्र ल्याउन पाउने व्यवस्थाले व्यवसायीले सानो परिमाणमा सुन पाउन सकेका थिएनन्।

व्यवसायीले बैंकबाटै सुनचाँदी किन्नुपर्छ। नेपालमा सुनचाँदी आयात गर्न वाणिज्य बैंकले मात्र पाउँछन्। केन्द्रीय बैंकले कम गुणस्तरका सुन आयातमा प्रतिबन्ध लगाउँदै ९९.९९ प्रतिशत शुद्ध सुनमात्र आयात गर्न पाउने व्यवस्था गरेको छ।

‘माग बढ्न थालेपछि बैंकहरुले सुन धेरै ल्याउन थालेको छन्,’ नेपाल बैंकर्स संघका एक अधिकारीले भने, ‘अहिले व्यापारीलाई दिने सुनको अभाव छैन।’ बैंकमा रहेको सुन चाँडै नै खपत हुन थालेपछि यसको आयात परिमाण पनि बढेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले प्रस्ट पारेको छ।

स्टक सुन बिक्री भएपछि बैंकले सुन आयात गर्न थालेका छन्। यसअघि सुन बिक्री नभएको भन्दै आयात रोकेका थिए। पछिल्लो समय अनौपचारिक बाटोबाट सुन भित्रने क्रम घटेको र वैधानिक बाटो (बैंक) बाट आयात हुने क्रम बढेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। ‘बैंकको सुन बिक्री बढेको छ,’ उनले भने।

बैंकबाट सुन किन्दा भरपर्दो हुने भएकाले बैंकबाटै किन्न थालेको एक व्यापारीले बताए। उनले भने, ‘बैंकबाट किन्दा झन्झट बेहोर्नु नपर्ने भएकाले पनि व्यापारी त्यतातिर लागेका हुन्।’

नेपालमा सुन आयात गर्ने अनुमति बैंकलाई मात्र छ। राष्ट्र बैंकले २३ वटा वाणिज्य बैंकलाई सुन आयात गर्ने अनुमति दिएको छ।

अवैधानिक रुपमा अत्यधिक सुन आउँदा सरकारको राजस्व गुम्छ। अवैधानिक सरहकै मूल्यमा बैंकबाट सुन पाउने भएपछि व्यवसायी पनि त्यतैतिर लागेका छन्।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीले ५० ग्रामसम्म ल्याउन पाउने व्यवस्था थियो। त्यस्तो व्यवस्था खारेज गरेपछि बैंकबाट सुन आयात बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। ‘झिटीगुन्ट र तस्करीमा कमी आएका कारण सुन आयात बढेको हो,’ उनले भने।

अघिल्लो आर्थिक वर्षमा भूकम्पको असरले पनि सुन बिक्रीमा कमी आएको थियो। झिटीगुन्टाको व्यवस्थाले पनि बैंकको सुन बिक्री घटेको थियो। सरकारले उक्त व्यवस्था खारेज गरी व्यक्तिले काँचो सुन ल्याउन नपाउने प्रावधान लागू गरेपछि बैंकबाट सुन किन्ने बढेका छन्।
नागरिक बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषिप्रधान देश……… ?
कृषिप्रधान देश……… ?
कांग्रेसले रोल्पाबाट खाता खोल्यो, सुकीदह-१ मा प्यानलै विजयी
कांग्रेसले रोल्पाबाट खाता खोल्यो, सुकीदह-१ मा प्यानलै विजयी
मरे भनिएका प्रहरी जवान जिवितै, प्रहरीले नै ढाँट्याे पत्रकारलाइ
मरे भनिएका प्रहरी जवान जिवितै, प्रहरीले नै ढाँट्याे पत्रकारलाइ
माओवादीले यसरी टुंगो लगाउने भयो दुई मुख्यमन्त्री र दुई सभामुखका नाम
माओवादीले यसरी टुंगो लगाउने भयो दुई मुख्यमन्त्री र दुई सभामुखका नाम
निर्मला पन्त प्रकरण : के त्यहा“ ‘शीतयुद्ध’ चलिरहेको छ ?
निर्मला पन्त प्रकरण : के त्यहा“ ‘शीतयुद्ध’ चलिरहेको छ ?
क्रिकेट टिम विश्वकप खेल्ने खुशी लिएर फर्कियो, पारसले के भने?
क्रिकेट टिम विश्वकप खेल्ने खुशी लिएर फर्कियो, पारसले के भने?
काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
इलाममा अागाे लाग्दा कराेडाैँकाे क्षति, घटनास्थलसम्म पुग्न सकेन दमकल !
इलाममा अागाे लाग्दा कराेडाैँकाे क्षति, घटनास्थलसम्म पुग्न सकेन दमकल !
अमेरिकाको न्यूयोर्कमा विश्व अमेरिका नेपाल संगीत अवार्ड हुँदै
अमेरिकाको न्यूयोर्कमा विश्व अमेरिका नेपाल संगीत अवार्ड हुँदै
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ

तपाईंले छुटाउनुभयो कि?