कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०८०
|
|
२३ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

सारांश

  • काठमाडौँ ।
  • सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ ।
  • पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको बैठकमा कांग्रेसको तर्फबाट विभिन्न मन्त्रालयको नेतृत्व गरेका मन्त्रीहरूले आफूले गरेको कार्यसम्पादनको बारेमा केन्द्रीय समितिलाई अवगत गराउने कार्यसूची रहेको कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको बैठकमा कांग्रेसको तर्फबाट विभिन्न मन्त्रालयको नेतृत्व गरेका मन्त्रीहरूले आफूले गरेको कार्यसम्पादनको बारेमा केन्द्रीय समितिलाई अवगत गराउने कार्यसूची रहेको कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

यस्तै बैठकमा आगामी पुस १६ गते पार्टीले मेलमिलाप दिवस मनाउने सम्बन्धमा, महासमिति बैैठकको तयारीलगायतका विषयमा छलफल हुनेछ । यसैगरी राष्ट्रियसभा निर्वाचनमा आवश्यक मापदण्ड र पार्टीले यसअघि नै सुरु गरेको समुदायमा कांग्रेस अभियानका सम्बन्धमा समेत छलफल हुने विश्वकर्माले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?