कोरोना संक्रमित संख्या साढे १३ हजार नाघ्यो, आज ३१६ संक्रमित थपिए
सारांश
- काठमाडौं, १६ असार ।
- नेपालमा कोरोना भाइरसको संक्रमित संख्या साढे १३ हजार नाघेको छ ।
- आज ३ सय १६ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं, १६ असार । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या साढे १३ हजार नाघेको छ । आज ३ सय १६ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा २४५ पुरुष र ७१ महिला छन् । योसँगै कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ पुगेको छ । जसमध्ये पुरुष ११ हजार ९ सय ७ र महिला १६ सय ५७ पुगेको छ ।
हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् । देशका सबै जिल्लामा संक्रमित भेटिइसकेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया