गरगहना परीक्षण तालीम

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १७, २०७७
|
|
३७ पटक हेरिएको
Shares
गरगहना परीक्षण तालीम

सारांश

  • त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा तथा गरगहना परीक्षणसम्बन्धी तालीम सुरु भएको छ ।
  • भन्सार विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा सञ्चालित उक्त तालीममा नौ कर्मचारी सहभागी छन् ।
  • यही असार २० गतेसम्म चल्ने सो तालीममा विज्ञबाट सुनचाँदीका गरगहना, बहुमूल्य पत्थर र त्यसको परीक्षणसम्बन्धी प्राविधिक प्रशिक्षण दिइने बताइएको छ ।

त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा तथा गरगहना परीक्षणसम्बन्धी तालीम सुरु भएको छ । भन्सार विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा सञ्चालित उक्त तालीममा नौ कर्मचारी सहभागी छन् । यही असार २० गतेसम्म चल्ने सो तालीममा विज्ञबाट सुनचाँदीका गरगहना, बहुमूल्य पत्थर र त्यसको परीक्षणसम्बन्धी प्राविधिक प्रशिक्षण दिइने बताइएको छ ।

सो अवसरमा प्रमुख भन्सार अधिकृत शम्भुप्रसाद मरासिनीले यस्तो कठिन अवस्थामा पनि महासङ्घले प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि उपलब्ध गराउन लागेकामा खुशी व्यक्त गर्दै यसले सरकार र महासङ्घबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । महासङ्घका अध्यक्ष रमेश महर्जनले आयात–निर्यातसँग सम्बन्धित सरकारी निकायमा सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा वस्तुको उचित मूल्याङ्कन हुने विश्वास व्यक्त गर्दै यसले व्यवसायीलाई सहज हुने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?