२ सय, ५ सय र २ हजार दरका भारतीय नोट नेपालमा नचल्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
२ सय, ५ सय र २ हजार दरका भारतीय नोट नेपालमा नचल्ने

सारांश

  • काठमाडौं- नेपालमा तीन दरका भारतीय नोट नचल्ने भएका छन्।
  • गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट चलनचल्तीमा नल्याउनका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेको हो।
  •   मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँसकोटाले सरकारले सूचना प्रकाशन गर्ने निर्णय गरेको जानकारी दिए।

काठमाडौं- नेपालमा तीन दरका भारतीय नोट नचल्ने भएका छन्। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट चलनचल्तीमा नल्याउनका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेको हो।  मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँसकोटाले सरकारले सूचना प्रकाशन गर्ने निर्णय गरेको जानकारी दिए।

‘भारतीय रुपैयाँ २००, ५०० र २००० का नोटहरु ल्याउन वा साथमा राख्न गैरकानुनी हुने भएकाे ती नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ’, २४ गतेको मन्त्रिपरिषद्को बैठकमा निर्णय गरिएको छ। यद्यपि यसअघि २०७३ साल कातिक २४ गते नै नेपाल राष्ट्र बैंकले ५ सय र १ हजार दरका भारतीय नोट तत्काल सटही नगर्न नेपालका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो।

बैंकले तत्कालका लागि मनि चेन्जर र बैंक तथा वित्तीय संस्थालाई नोट सटहीमा रोक लगाउने निर्णय गरेको थियो।  भारत सरकारले २०७३ साल कात्तिक २३ गते रातिदेखि ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएसँगै राष्ट्र बैंकले पनि भारतीय नोट सटहीमा रोक लगाएको थियो।

२०७३ मंसिर २ मा संसद्को अर्थ समितिले नेपालीसँग रहेका वैध भारतीय रुपैयाँको व्यवस्थापनका लागि तत्काल पहल गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र ब्यांकलाई निर्देशन दिएको थियो।  तर, भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले नेपालमा रहेका प्रतिबन्धित दरका नोट नलिने जनाएपछि नेपाल राष्ट्र बैंकले पनि साट्न छाडेको छ।

त्यस्तै, सरकारले साना किसानहरुले तत्कालीन साझा सहकारी संस्थाहरुबाट लिएको ऋण मिनाह गर्ने निर्णय पनि गरेको छ। सरकारले सांसद सोमप्रसाद  पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीलाई बाँकी काम सम्पन्न गर्न १५ दिन अवधि पनि थपेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?