चितवनमा समानुपातिकतर्फ एमाले पहिलो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
४६ पटक हेरिएको
Shares
चितवनमा समानुपातिकतर्फ एमाले पहिलो

सारांश

  • चितवन, २९ मंसिर ,प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा (एमाले) पहिलो पार्टी भएको छ ।
  • आज सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९३ हजार ५३४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८९ हजार ४४० मत प्राप्त गरेको छ ।
  • यस्तै दोस्रो दल बनेको नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ ८१ हजार १०४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ७६ हजार ९३६ मत प्राप्त गरेको छ ।

चितवन, २९ मंसिर ,प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा (एमाले) पहिलो पार्टी भएको छ ।

आज सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९३ हजार ५३४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८९ हजार ४४० मत प्राप्त गरेको छ ।

यस्तै दोस्रो दल बनेको नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ ८१ हजार १०४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ७६ हजार ९३६ मत प्राप्त गरेको छ ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा तर्फ ४२ हजार ८५१ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ४३ हजार ६२२ मत प्राप्त गरेको छ ।

त्यस्तै विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ नौ हजार ७०७ र प्रदेशसभातर्फ नौ हजार ४५८ मत प्राप्त गरेको छ । चितवनमा पाँचाँै दलको रुपमा राप्रपा (प्रजातान्त्रिक) आएको छ । उसले प्रतिनिधिसभातर्फ छ हजार ७५० र प्रदेशसभातर्फ सात हजार २४४ मत प्राप्त गरेको छ ।

चितवनमा कूल तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । समानुपातिकतर्फ दुई लाख ६० हजार ८३२ मत खसेको थियो भने १५ हजार ३९० मत बदर भएको छ ।

क्षेत्र नं १ मा ८९ हजार ६२१ मत खसेकोमा चार हजार ९२८ मत बदर भएको छ । क्षेत्र नं २ मा ७६ हजार ७८१ मत खसेकोमा तीन हजार ८०७ मत बदर भएको छ भने क्षेत्र नं ३ मा ९३ हजार ८२३ मत खसेकोमा ६ हजार ६५५ मत बदर भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन लिङ्देलकाे माग
शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन लिङ्देलकाे माग
काठमाडौ क्षेत्र १ बाट रमेश खरेलको उम्मेदवारी, सदनमा संगठित अपराधीको संख्या घटाउन उम्मेदवारी दिएको उद्घोष
काठमाडौ क्षेत्र १ बाट रमेश खरेलको उम्मेदवारी, सदनमा संगठित अपराधीको संख्या घटाउन उम्मेदवारी दिएको उद्घोष
राष्ट्रपति भण्डारीद्वारा आठौँ खेलकूदको उद्घाटन गरिने
राष्ट्रपति भण्डारीद्वारा आठौँ खेलकूदको उद्घाटन गरिने
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
३७ सय समुन्द्री पर्यटक बोकेको जहाजमा कोरोना भाइरस
३७ सय समुन्द्री पर्यटक बोकेको जहाजमा कोरोना भाइरस
राष्ट्रपति पौडेलबाट गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति पौडेलबाट गैरआवासीय राजदूत नियुक्त
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि…
सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि…
१० वर्षे बालकलाई अप्राकृतिक मैथुन गरेको भन्दै पक्राउ
१० वर्षे बालकलाई अप्राकृतिक मैथुन गरेको भन्दै पक्राउ