प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव

सारांश

  • सिमला (भारत): भारतको सिमलास्थित एक बन्दीगृहमा रहेका एक युवा प्रहरी हिरासतमै मारिएपछि त्यसको विरोधमा यहाँ तनाव उत्पन्न भएको समाचार छ ।
  • सामुहिक बलात्कार र त्यसपछि युवतीको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका युवा प्रहरीको कुटाइबाट मारिएको बताइएको छ ।
  • सो घटनालाई प्रहरी यातनाको पराकाष्ठा भन्दै सिमला बजार क्षेत्रमा बिहीबार सयौँको सङ्ख्याका प्रदर्शनकारीले प्रहरी यातनाका विरुद्ध नाराबाजी गरेका थिए ।

सिमला (भारत): भारतको सिमलास्थित एक बन्दीगृहमा रहेका एक युवा प्रहरी हिरासतमै मारिएपछि त्यसको विरोधमा यहाँ तनाव उत्पन्न भएको समाचार छ ।

सामुहिक बलात्कार र त्यसपछि युवतीको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका युवा प्रहरीको कुटाइबाट मारिएको बताइएको छ ।

सो घटनालाई प्रहरी यातनाको पराकाष्ठा भन्दै सिमला बजार क्षेत्रमा बिहीबार सयौँको सङ्ख्याका प्रदर्शनकारीले प्रहरी यातनाका विरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनका कारण सिमलाका होटल ब्यवसाय बन्द गरिएको छ । बिहीबार विद्यालय र विश्वविद्यालय पनि बन्द भएका छन् भने प्रदर्शनकारीहरुले हिंसात्मक प्रदर्शन जारी राखेका छन् ।

उनीहरुले हिरासतमा राखेका व्यक्तिलाई मार्न पाइँदैन, हामीलाई न्याय चाहिन्छ भन्दै नाराबाजी गरेका थिए । त्यस क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँसले प्रहार गरेको थियो ।

केही दिनमात्र अघि एक युवतीलाई सामुहिक बलात्कार गरी हत्या गरेको आरोपमा छ जनालाई सो जेलमा राखिएको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

स्थानीय नागरिकले हत्यामा संलग्नको खोजीमा प्रहरी चुस्त हुन नसकेको जनाएका छन् । उनीहरुले उक्त घटनामा अझै धेरैको संलग्नता रहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?