अन्त:त सहमतिबाट पछि हट्याे भारत !
सारांश
- काठमाडौं,२९ असाेज ।
- आगामी वर्षदेखि सञ्चालनमा आउने भैरहवा विमानस्थल तथा हाल काठमाडौं विमानस्थलका लागि सहज पर्ने गरी हवाई रुट दिन भारतले अस्वीकार गरेको छ ।
- नेपाललाई चार वटा हवाई रुट खुल्ला गर्ने सम्बन्धमा यसअघि काठमाडौंमा भएको वार्तामा आनाकानी गरेको भारतले यस पटक नयाँदिल्ली वार्तामा हवाई रुट दिन नसकिने अडान दिएको छ ।
काठमाडौं,२९ असाेज । आगामी वर्षदेखि सञ्चालनमा आउने भैरहवा विमानस्थल तथा हाल काठमाडौं विमानस्थलका लागि सहज पर्ने गरी हवाई रुट दिन भारतले अस्वीकार गरेको छ । नेपाललाई चार वटा हवाई रुट खुल्ला गर्ने सम्बन्धमा यसअघि काठमाडौंमा भएको वार्तामा आनाकानी गरेको भारतले यस पटक नयाँदिल्ली वार्तामा हवाई रुट दिन नसकिने अडान दिएको छ ।
नेपाललाई चारवटा हवाई रुट थप्ने सम्बन्धमा गृहकार्य गर्ने सहमति जनाएको भारतले यस पटक आफ्नो पूर्व सहमतिबाट पछि हटेको छ । प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँदिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि रित्तै स्वदेश फर्केका छन् । सूत्रका अनुसार भारतीय प्राविधिकले डिफेन्स (सैन्य) कारण देखाउँदै रुट दिन नसकिने अडान राखेर फर्काएको छ ।
गत बैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको भ्रमणको क्रममा दुई देशका प्रधानमन्त्रीले वैशाख २९ गतेमा जारी संयुक्त वक्तव्यमा हवाई रुट थप्ने विषय उल्लेख थियो । सहमति विपरित भारतीय पक्ष पछि हटेपछि हवाई रुट थप्ने विषय अन्योलमा परेको छ ।
प्रतिक्रिया