कर्मचारी विवादका कारण पाँचतारे होटल हायल बन्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २, २०७६
|
|
३० पटक हेरिएको
Shares
कर्मचारी विवादका कारण पाँचतारे होटल हायल बन्द

सारांश

  • कर्मचारीहरुको विवादका कारण पाँचतारे होटल हायात ५ दिनदेखि बन्द भएको छ।
  • श्रम ऐन अनुसार आफूहरुले सेवासुविधा नपाएको भन्दै कर्मचारीहरुले होटलका काम बिहीबारदेखि ठप्प पारेका छन् ।
  • कर्मचारीहरुलाई श्रम ऐन तथा सम्झौता अनुसकारको सेवा सुविधा उपलब्ध नगराएसम्म होटलका सम्पूर्ण काम ठप्प पार्ने अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताए ।

कर्मचारीहरुको विवादका कारण पाँचतारे होटल हायात ५ दिनदेखि बन्द भएको छ। श्रम ऐन अनुसार आफूहरुले सेवासुविधा नपाएको भन्दै कर्मचारीहरुले होटलका काम बिहीबारदेखि ठप्प पारेका छन् । कर्मचारीहरुलाई श्रम ऐन तथा सम्झौता अनुसकारको सेवा सुविधा उपलब्ध नगराएसम्म होटलका सम्पूर्ण काम ठप्प पार्ने अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताए ।

लामो समयदेखि होटलले कर्मचारीहरुलाई काममा लगाउने तर सेवा सुविधा लगायत बिदा दिनसमेत आनाकानी गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको कर्मचारीहरुले बताएका छन्। श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार कर्मचारीहरुले पाउनुपर्ने बिदा लगायत अन्य सेवा सुविधा, कर्मचारीहरुको ग्रेड वृद्धि हुनुपर्ने माग कर्मचारीहरुले राखेका छन् । होटल हायातले नेपाली कामदारहरुलाई प्रतिस्थापन गर्न विदेशी कामदार ल्याएको र नेपाली कामदारहरुलाई हेप्ने तथा विस्तारै सेवा सुविधाबाट वञ्चित गरी कामबाट हटाउने उपाय रचेको आधिकारिक ट्रेड युनियनले आरोप लगाएको छ ।

होटलको व्यवस्थापन पक्षले भारतीय कामदार ल्याई नेपाली कामदारलाई तिनै कामदारबाट हेप्न लगाउने प्रवृत्ति देखिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष दाहालको भनाई छ । होटल हायातमा ४ जना भारतीय कर्मचारीहरु रहेको र लगभग ३ सयको हाराहारिमा नेपाली कर्मचारीहरु रहेको होटलले जनाएको छ ।

होटलका एचआर कोअर्डिनेटर सुरेश केसीले कर्मचारीहरुले अनावश्यक माग राखेर होटल बन्द गरेकाले व्यवस्थापन पक्षलाई होटल बन्द गरेर बस्नुको विकल्प नरहेको बताए । ‘कर्मचारीहरुले होटलको व्यवस्थापन पक्षलाई नै घुँडा टेकाउने गरी अनावश्यक माग राखेर हड्ताल गरिरहेका छन्। हामी यस्ता अनावश्यक माग पूरा गर्न सक्दैनौं,’ उनले भने, ’जहिलेसम्म बन्द गर्नुपर्ने हो, बन्द गर्छौं ।’

पर्यटकलाई सारियो
कर्मचारीहरुको हड्तालसँगै सम्पूर्ण काम ठप्प भएपछि होटलमा रहेका विदेशी पर्यटकहरु अन्यत्र सारिएको होटल व्यवस्थापन पक्षले जनाएको छ । ‘होटलमा केही पनि काम नभएपछि पर्यटकहरु अन्यत्र सारिएको व्यवस्थापन पक्षले जनाएको छ । हड्तालपछि होटलको अन्तराष्ट्रिय बुकिङ नै बन्द गरिएको छ ।

निकै लामो समयदेखि मजदुर र मालिक बीच विवाद रहँदै आएको होटल हायातमा कर्मचारीहरुको अनियमितता बढ्न थालेसँगै स्पष्टीकरण सोधिएपछि यसले चर्को रुप लिएको हो । केही कर्मचारी आफूखुसी काममा उपस्थिति नहुने तथा बिदामा बस्ने गरेकाले स्पष्टीकरण सोधिएको र त्यही विषयलाई लिएर कर्मचारीहरु विवादमा उत्रिएको व्यवस्थापन पक्षको दाबी छ । तर होटलका कर्मचारीहरुले भने नेपाली कामदारलाई होटलले गर्ने हेपाहा प्रवृत्ति र व्यवहारका कारण आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताउँदै आएका छन्।

कर्मचारीका माग यस्ता छन्ः
समान स्केलका स्वदेशी र विदेशी सबै कामदारको समान ज्याला हुनुपर्ने, स्वदेशमै दक्ष जनशक्ति हुँदाहुँदै विदेशी कामदार नियुक्त गर्न नपाउने, सम्पूर्ण मजदुर कर्मचारीलाई समान व्यवहार गरिनुपर्ने, हाल विद्यमान रहेको ९ प्रतिशत वार्षिक तलब वृद्धिदरलाई बढाई १५ प्रतिशत वार्षिक वृद्धिदर कायम गर्नुपर्ने, एउटै पदमा ५ वर्ष वा सोभन्दा बढी काम गरेका कर्मचारीको स्वतः पदोन्नति हुनुपर्ने, यस्ता कर्मचारीहरुलाई वार्षिक ५ हजार तलब वृद्धि गरिनुपर्ने लगायत माग कर्मचारीहरुले राख्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्‍यो (सूचीसहित)
निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्‍यो (सूचीसहित)
शेखर र लालबाबुको क्षेत्रको मतगणना शुरु
शेखर र लालबाबुको क्षेत्रको मतगणना शुरु
भोट नहाल्ने तिङलाका बासिन्दाको माग पूरा गर्ने प्रतिनिधिको प्रतिबद्धता
भोट नहाल्ने तिङलाका बासिन्दाको माग पूरा गर्ने प्रतिनिधिको प्रतिबद्धता
ऊर्जा आयात न्यूनीकरणमा मलमूत्रीय फोहर
ऊर्जा आयात न्यूनीकरणमा मलमूत्रीय फोहर
पोखरा-मुग्लिन सडक निरीक्षणमा उच्चस्तरीय टोली
पोखरा-मुग्लिन सडक निरीक्षणमा उच्चस्तरीय टोली
सरकार गठनमा ‘फोरम निर्णायक’
सरकार गठनमा ‘फोरम निर्णायक’
संघनायकको सम्पूर्ण स्वास्थ्योपचार सरकारले गर्ने
संघनायकको सम्पूर्ण स्वास्थ्योपचार सरकारले गर्ने
ओस र मुसाबाट मतपत्र सुरक्षित छ : आयोग प्रवक्ता ढकाल
ओस र मुसाबाट मतपत्र सुरक्षित छ : आयोग प्रवक्ता ढकाल
चुकन्दरको जुस पिउँदा स्वास्थ्यलाई अचम्मको फाइदा : थाहा पाउँदा छक्क पर्नुहुनेछ
चुकन्दरको जुस पिउँदा स्वास्थ्यलाई अचम्मको फाइदा : थाहा पाउँदा छक्क पर्नुहुनेछ
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या

तपाईंले छुटाउनुभयो कि?