आयो नूनको बिक्री मूल्यमा एकरुपता भएन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
आयो नूनको बिक्री मूल्यमा एकरुपता भएन

सारांश

  • वीरगञ्ज, १८ माघ, सरकारी स्वामित्वमा रहेको साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने आयोडिनयुक्त नूनको बिक्रीमा एकरुपता नआउँदा उपभोक्ता ठगिँदै आएका छन् ।
  • उक्त लिमिटेडको अञ्चल कार्यालयले आफ्ना आठ वटा डिलरमार्फत सो आयोडिन नून पर्सा जिल्लामा बिक्री गर्दै आएको छ ।
  • सो कार्यालयले डिलरलाई उपभोक्ता मूल्य प्रतिकिलो रु २० सम्ममा बिक्री गर्न निर्देशन दिए पनि डिलर तथा विक्रेताले रु २२ देखि रु २५ सम्ममा बेच्ने गरेकाले उपभोक्ता ठगिँदै आएका हुन् ।

वीरगञ्ज, १८ माघ, सरकारी स्वामित्वमा रहेको साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने आयोडिनयुक्त नूनको बिक्रीमा एकरुपता नआउँदा उपभोक्ता ठगिँदै आएका छन् ।

उक्त लिमिटेडको अञ्चल कार्यालयले आफ्ना आठ वटा डिलरमार्फत सो आयोडिन नून पर्सा जिल्लामा बिक्री गर्दै आएको छ । सो कार्यालयले डिलरलाई उपभोक्ता मूल्य प्रतिकिलो रु २० सम्ममा बिक्री गर्न निर्देशन दिए पनि डिलर तथा विक्रेताले रु २२ देखि रु २५ सम्ममा बेच्ने गरेकाले उपभोक्ता ठगिँदै आएका हुन् ।

डिलरले ढुवानी खर्चका नाममा सरकारले तोकेको बिक्री मूल्यभन्दा प्रतिकिलो रु पाँचसम्म बढी मुनाफा लिएर बेच्ने गरेकाले सर्वसाधारण ठगिँदै आएको वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवाका उपभोक्ता शेषमन पण्डितको भनाइ थियो ।

नेपालमा आयोडिनयुक्त नूनको भाउ नबढेको करीब चार वर्ष भएको छ तर पनि डिलरले बढी मूल्य लिएर बेच्ने गरेको आफूलाई थाहा नभएको उल्लेख गर्दै अञ्चल प्रबन्धक अमोज लामिछानेले राससलाई भन्नुभयो, “भाडा दर तथा ढुवानी खर्चिलो भएकाले डिलरले बढी मूल्यमा नून बेच्ने गरेका हुन् ।”

नेपाल–भारतबीच रहेको खुला सीमाका कारण भारतबाट आउने सस्तो मूल्यको नून प्रयोग पर्साको दुर्गम तथा सीमावर्ती गाउँमा बढी प्रयोग हुने गरेको छ । जिल्लाको दुर्गम गाउँसम्म आयोडिन नून पुग्न नसक्दा भारतीय नून खान सीमावर्ती गाउँका बासिन्दा बाध्य भएको छिपहरमाई गाउँपालिकाको भिस्वाका जमालुदिन मियाँले बताउनुभयो ।
उक्त कार्यालयले आयोडिनयुक्त नूनको कमीबाट हुने विभिन्न रोग तथा विकृति सम्बन्धमा प्रत्येक वर्ष जनचेतनामूलक कार्र्यक्रम गरे पनि डिलरले सुदूरग्रामीण तथा दुर्गम गाउँसम्म आयोडिन नून पु¥याउन नसकेकाले बाध्य भएर सीमा क्षेत्रका बासिन्दा भारतीय नून प्रयोग गर्न बाध्य भएको उपभोक्ता दिनेशप्रसाद कानुको भनाइ थियो ।

उक्त कार्यालयले जिल्लामा आर्थिक वर्ष २०७३÷०७४ मा एक लाख तीन हजार ६३४ बोरा तथा आर्थिक वर्ष २०७४÷०७५ मा एक लाख ४३ हजार बोरा आयो नून बिक्री गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिकापुर घटनामा रेशम चौधरीलाई जन्मकैद फैसला
टिकापुर घटनामा रेशम चौधरीलाई जन्मकैद फैसला
नवनियुक्त मन्त्री साउद भन्छन् : छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ
नवनियुक्त मन्त्री साउद भन्छन् : छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ
नौ वटा स्थानीय तहद्वारा डेढ वर्षमा गाडी खरिदमा झण्डै ११ करोड खर्च
नौ वटा स्थानीय तहद्वारा डेढ वर्षमा गाडी खरिदमा झण्डै ११ करोड खर्च
शिक्षा प्रणाली प्राविधिक शिक्षामा जोड दिने खालको हुनुपर्ने
शिक्षा प्रणाली प्राविधिक शिक्षामा जोड दिने खालको हुनुपर्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
गुगलले यसरी सम्झ्यो नेपालको गणतन्त्र दिवस
गुगलले यसरी सम्झ्यो नेपालको गणतन्त्र दिवस
प्रधानमन्त्री ओलीसँग जम्बो टोली भारत भ्रमणमा जाने तयारी, को को जान्छन्!
प्रधानमन्त्री ओलीसँग जम्बो टोली भारत भ्रमणमा जाने तयारी, को को जान्छन्!
काठमाडौं परिसरको प्रवक्ताको जिम्मेवारी अब एसपी दानबहादुर थापालाई।
काठमाडौं परिसरको प्रवक्ताको जिम्मेवारी अब एसपी दानबहादुर थापालाई।
संसदीय समितिको बैठकमा स्वागत र परिचय
संसदीय समितिको बैठकमा स्वागत र परिचय