जनावरद्वारा मानिसमा महामारी फैलिने त्रास

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
४३ पटक हेरिएको
Shares
जनावरद्वारा मानिसमा महामारी फैलिने त्रास

सारांश

  • एजेन्सी, २३ असार ।
  • जनावरद्वारा मानिसमा फैलिने रोगहरुको संख्या हरेक वर्ष बढ्दै गएको छ ।
  • जनावरमा देखापरेको रोगहरुको सही ढंगले उपचार नभएको कारण यसले निम्त्याउने रोगहरु मानव जातीका लागी चिन्ताको विषय बनेको देखिन्छ ।

एजेन्सी, २३ असार । जनावरद्वारा मानिसमा फैलिने रोगहरुको संख्या हरेक वर्ष बढ्दै गएको छ । जनावरमा देखापरेको रोगहरुको सही ढंगले उपचार नभएको कारण यसले निम्त्याउने रोगहरु मानव जातीका लागी चिन्ताको विषय बनेको देखिन्छ । जनावरको संरक्षण र रोग रहित बनाउनु पर्नेमा विज्ञहरुले चेतावनी दिएका छन् ।

महिनौँ दिन देखि विश्वमा देखापरेको कोरोना संक्रमणलाई समेत जनावरबाट मानिसमा फैलिएको दोष निरन्तर लागीरहेको छ । उपेक्षित जनावरहरुको रोगहरुले प्रत्येक वर्ष २० लाख भन्दा बढी मानिसको ज्यान जाने गर्दछ । कोरोना भाइरसले विश्वमै ठूलो क्षति पुर्याएको छ । दूई वर्षमा उक्त रोगले विश्वको अर्थतन्त्रमा करिब ९ ट्रिलियनको क्षति पुग्ने जनाइएको छ ।

विगतमा देखापरेको इवोला, सार्स र वेस्ट नाइल भाइरस समेत जनावरबाट मानिसमा सरेको थियो । रोगहरु मानिसमा स्वतह फैलिने गर्दैन । यो भूमि पतन, वन्यजन्तू शोषण, स्रोत उत्खनन र जलवायू परिवर्तनको आधारमा जनावरबाट मानिसमा रोगहरु सरेको राष्ट्रसंघीय वातावरण कार्यक्रम र अन्तराष्ट्रिय पशुधन अनुसन्धान संस्थानको रिपोर्टले देखाएको हो । पछिल्लो शताब्दीमा कोरोना भाइरस जस्ता ६ प्रकारको संक्रमण रोगहरु पृथ्वीमा निम्तिएको थियो ।

विगत २० वर्षको अवधिमा कोरोना बाहेक अन्य जनावरको रोगबाट अरबौँको क्षति पुगेको थियो । उक्त रोगबाट विशेषगरी जटिल विकासमा रहेका मानिसहरुमा अत्यधिक देखापरेको जनाइएको छ । यसकारण जनावरको संरक्षण र रोगरहित वातावरणको सृजना हुनु पर्ने जनाइएको छ । सचेत हुनु र भविष्यमा आउेने खतराहरुलाई नियन्त्रण गर्न वातावरणको सरक्षण र रक्षामा विशेष ध्यान दिनु पर्नेमा विज्ञहरुको जोड रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
काङ्ग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम शुरु…
काङ्ग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम शुरु…
ओखलढुंगामा यसरी बन्दैछ एमालेका अम्बिर गुरुङको माहोल
ओखलढुंगामा यसरी बन्दैछ एमालेका अम्बिर गुरुङको माहोल
भरतपुरको विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद
भरतपुरको विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद
ट्रक दुर्घटना हुँदा चार घाइते  ।
ट्रक दुर्घटना हुँदा चार घाइते ।
राष्ट्रिय एकता र शान्तिको कामनासहित बौद्ध समुदायद्वारा विशेष प्रार्थना सभा
राष्ट्रिय एकता र शान्तिको कामनासहित बौद्ध समुदायद्वारा विशेष प्रार्थना सभा
एकसय ५० वर्षपछि भद्रकाली मन्दिर पुनःनिर्माण गरिँदै
एकसय ५० वर्षपछि भद्रकाली मन्दिर पुनःनिर्माण गरिँदै
राष्ट्रियस्तरका नेताका रोचक चुनावी प्रतिस्पर्धा यस्तो छ !
राष्ट्रियस्तरका नेताका रोचक चुनावी प्रतिस्पर्धा यस्तो छ !
२२ बिगाहा क्षेत्रफलमा निर्मित औद्योगिक क्षेत्र डुबानमा
२२ बिगाहा क्षेत्रफलमा निर्मित औद्योगिक क्षेत्र डुबानमा
सिम्रिक एयरको हेलिकोप्टर लम्जुङको बेसिसहरमा आकस्मिक अवतरण
सिम्रिक एयरको हेलिकोप्टर लम्जुङको बेसिसहरमा आकस्मिक अवतरण