प्रधानमन्त्री ओलीको सगरमाथा चढ्ने इच्छा अधुरै रहेपछि…
सारांश
- काठमाडौं- आफूलाई पनि सगरमाथा चढ्ने इच्छा हुँदाहुँदै पनि समय र स्वास्थ्यका कारण चढ्न नसकेको बताएका छन् ।
- ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्न सुझाव दिएका छन् ।
- सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्दै ओलीले आफूलाई पनि सगरमाथा आरोहणको रहर भएपनि युवा अवस्थामा राजनीति गर्दा भूमिगत बस्नु परेको र त्यसपछि १४ बर्षसम्म जेल बस्नु परेकोले त्यो अवसर नपाएको बताए ।
काठमाडौं- आफूलाई पनि सगरमाथा चढ्ने इच्छा हुँदाहुँदै पनि समय र स्वास्थ्यका कारण चढ्न नसकेको बताएका छन् । ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्न सुझाव दिएका छन् ।
सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्दै ओलीले आफूलाई पनि सगरमाथा आरोहणको रहर भएपनि युवा अवस्थामा राजनीति गर्दा भूमिगत बस्नु परेको र त्यसपछि १४ बर्षसम्म जेल बस्नु परेकोले त्यो अवसर नपाएको बताए । ‘मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो’ प्रधानमन्त्री ओलीले भने, ‘भूमिगत जीवन,जेल जीवनले पाइन । जब जेलबाट छुटे पछि कमजोर स्वास्थ्यले दिएन ।’
‘एकपटक आरोहण गरेपछि पटकपटक सगरमाथा आरोहण नगरे पनि हुन्छ’ भने, “सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नु राम्रो हुन्छू ओलीले भने । प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा कहिले पनि लार्पवाही गर्न नहुनेमा जोड दिए । ‘हिमाल आरोहणलाई मजाकको बिषय बनाउनु हुँदैन । स्वास्थ्यले साथ नदिए वा बढ्ता जोखिम मोलेर जानु हुँदैन । स्वास्थ्य ठीक भएपछि वा जोखिम घटेपछि पुनः आरोहणको प्रयास गर्नुपर्दछ ।’
सफल आरोही पत्रकार रोजिता बुद्धाचार्य, रोसा बस्नेत, देउराली चाम्लिङ, कल्पना महर्जन, प्रियालक्ष्मी कार्कीलाई सम्मान गरिएको हो । कार्की स्वास्थ्यको कारणले ७ हजार मिटरबाट फर्कनुपरेको थियो ।
प्रतिक्रिया