निजामती कर्मचारीको निर्वाचन गर्न कार्यालय स्थापना

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १४, २०७७
|
|
३२ पटक हेरिएको
Shares
निजामती कर्मचारीको निर्वाचन गर्न कार्यालय स्थापना

सारांश

  • काठमाडौँ, १४ साउन | निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
  • सिंहदरबार परिसरमा असोज २४ गते हुने निर्वाचनका लागि कार्यालय स्थापना गरिएको युनियनका कावा अध्यक्ष भोला पोखरेलले जानकारी दिए ।
  • विसं २०७३ जेठ १९ गते भएको युनियनको निर्वाचनमा पुण्यप्रसाद ढकालको नेतृत्वमा निर्वाचित पदाधिकारीको पदावधि छ महिना बाँकी छ ।

काठमाडौँ, १४ साउन | निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
सिंहदरबार परिसरमा असोज २४ गते हुने निर्वाचनका लागि कार्यालय स्थापना गरिएको युनियनका कावा अध्यक्ष भोला पोखरेलले जानकारी दिए ।

विसं २०७३ जेठ १९ गते भएको युनियनको निर्वाचनमा पुण्यप्रसाद ढकालको नेतृत्वमा निर्वाचित पदाधिकारीको पदावधि छ महिना बाँकी छ । अध्यक्ष ढकाल उपसचिवमा बढुवा भएपछि अहिले कावा अध्यक्षको रुपमा पोखरेल छन् । सरकारले निर्वाचनका लागि कलानिधि पौडेल प्रमुख निर्वाचन अधिकृत तोकेको छ । कावा अध्यक्ष पोखरेलले निर्वाचन कार्यालय स्थापनासँगै मतदाना नामावली, निर्वाचन कार्यविधि तयार गरिने बताए ।

उनले निर्वाचन कार्यालय स्थापना भए पनि कोभिड–१९ र त्यतिबेला नै कर्मचारीको सरुवा हुने भएकाले तोकिएको समयमा निर्वाचन गर्न कठिनाइ हुने बताए । करिब ९२ हजार निजामती कर्मचारी सहभागी हुने निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा देशभर एकै पटक हुने छ ।

निर्वाचनमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी सङ्घ युनियन, मधेशी कर्मचारी मञ्चलगायत कर्मचारीका सङ्घ सङ्गठनको सहभागिता हुनेछ । कावा अध्यक्ष पोखरेलले निर्वाचनमा स्वास्थ्य सेवाका कर्मचारीलाई पनि समेट्नुपर्ने बताए । स्वास्थ्य सेवामा करिब २२ हजार कर्मचारी छन्।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?