अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
३४ पटक हेरिएको
Shares
अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

सारांश

  • काठमाडौँ, १८ चैत  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
  • अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
  • पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

काठमाडौँ, १८ चैत  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा आइतबार साँझ आएको हावाहुरीबाट कम्तीमा २७ जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?