बामदेवले धोका दिएको प्रचण्डको निष्कर्ष

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २१, २०७७
|
|
२३ पटक हेरिएको
Shares
बामदेवले धोका दिएको प्रचण्डको निष्कर्ष

सारांश

  • काठमाडौं, २१ साउन ।
  • बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि भेट्न जान लाग्दा भैंसेपार्टीस्थित निवासबाट निस्किएका बामदेव गौतम मंगलबार रोक्किए ।
  • उनी फर्किए ।

काठमाडौं, २१ साउन । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि भेट्न जान लाग्दा भैंसेपार्टीस्थित निवासबाट निस्किएका बामदेव गौतम मंगलबार रोक्किए । उनी फर्किए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न आइरहेको खबर पाउनेवित्तिकै उनी फर्किएका थिए ।

विहान ११ बजे बामदेव निवासमा पसेका प्रचण्डले पौने घन्टाजति कुराकानी गरे । उनले बामदेवको धारणा बुझे । गौतमले आफूले प्रस्तुत गरेको छ बुँदामै सहमति निकालौं भने । प्रचण्डले बुँदामा केही परिमार्जनमा जोड दिए । स्रोतका अनुसार प्रचण्डले ओलीले एउटा पद छाड्नैपर्ने अडान राखे । गौतमले पनि अर्ली महाधिवेशनमा जाऔं, पार्टीलाई फुट्न नदिऔं भने ।

प्रचण्डले गौतमको धारणा बुझे । उनले ओलीसँग सम्झौता गरिसकेको चर्चा चलिरहेको थियो । प्रचण्डले पक्ष विपक्षको विषय उठाए । बामदेवले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेको सहयोगी विश्वमणि सुवेदीले जनाएका छन् । त्यसपछि प्रचण्डले सोधे, अब तपाईं के गर्नुहुन्छ ? बामदेवले कुनै गुटमा नलाग्ने जवाफ दिए । त्यसपछि प्रचण्ड फर्किएका थिए ।

बामदेवको कुरा बुझेपछि प्रचण्डले यसबारे वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई जानकारी गराएका थिए । प्रचण्ड, माधव र झलनाथको समुहमा छलफल हुँदा बामदेवले धोका दिए भन्ने सम्मको विषय आएको छ । विश्वस्त स्रोतका अनुसार बामदेवले धोका दिएको विषय प्रचण्डले नै निकटस्थहरुसँग राखेका छन् । शुरुमा भैंसेपाटीमा बसेर ओलीलाई सरकार र पार्टीबाट हटाउने समुह तयार गर्न बामदेव नै सक्रिय भएका थिए । तर, अहिले उनी नै कुनै गुटमा छैन भन्न थालेपछि प्रचण्ड र माधव नेपाल नयाँ रणनीतिबारे छलफलमा केन्द्रित भएका छन् ।

माधव नेपालले शुरुमै बामदेवबाट विश्वास गर्न नसकिने धारणा राखेका थिए । यसअघि पनि बामदेवले ओलीबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि अडान छाडेको उल्लेख गर्दै नेपालले यस्तो धोकालाई आश्चर्य मान्नुनपर्ने बुझिएको छ । नेपालले अब ओलीसँग डटेर सामना गर्ने तर पछाडि नहट्ने भन्दै निकटस्थलाई तयार रहन भनेका छन् । यसबारे प्रचण्डसँग पनि छलफल बढाएपनि उनी संयमित भनेर बढ्न चाहन्छन् ।

यता प्रचण्ड आफ्नो समुहका नेताहरु ओलीतिर जाने हुन् कि भनेर शतर्क भएका छन् । लेखराज भट्टले गुट छाडिसकेका छन् । रामबहादुर थापा बादल पनि ओलीसँग नजिक भएका छन् । पछिल्लो समय पार्टी एकताको पक्ष भन्दै पूर्व माओवादीको टोपबहादुर रायमाझी, चक्रपाणि खनाल, मणि थापालगायतको समुह सक्रिय भएको छ । ओलीलाई यसपटक डगमगाउन नसके भविष्यमा आफूहरुमाथि झ्न खतरा आउनसक्ने भन्दै माधव पक्ष सतर्क भएको छ । उक्त पक्षमा केही नेताहरुले ओलीलाई गोमन साँपको संज्ञा दिदै चलाएर छाडेमा गम्भीर परिणाम भोग्नुपर्ने सम्म भनेका छन् । नेतृ रामकुमारी झाँक्रीले फेसबुकमा सोही आशयको धारणा लेखिसकेकी छिन् ।

ओली अडानबाट टसमस नहुने र प्रचण्ड, माधव र झलनाथ पनि राजीनामाको अडानबाट पछि नहट्ने अवस्थाले टकरावलाई कम गर्न भन्दा झन् जटिलता थप्ने देखिदै गएको छ । बरु दुवै पक्ष एक अर्काका निकटस्थहरुलाई आफूतर्फ तान्न सक्रिय भएका छन् । ओलीले यसमा राम्रो सफलता हासिल गरेका छन् । उनले कतिपयलाई आगामी मन्त्रिमण्डल पुर्नगठनमा राख्ने सम्मको आश्वासन दिएपछि प्रचण्ड र माधव नेपाल समस्यामा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इश्वर पोखरेलको नाम नलिइकनै प्रचण्डले भने कसैले बुझे पनि नबुझे पनि पार्टीको कार्यक्रम जनवाद नै हो
इश्वर पोखरेलको नाम नलिइकनै प्रचण्डले भने कसैले बुझे पनि नबुझे पनि पार्टीको कार्यक्रम जनवाद नै हो
प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या
प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या
सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी
सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी
Akshay Kumar seen in the most intense avatar in the new still from ‘Gold’
Akshay Kumar seen in the most intense avatar in the new still from ‘Gold’
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
पुनःनिर्माण प्राधिकरणले प्रदर्शनी गर्ने
पुनःनिर्माण प्राधिकरणले प्रदर्शनी गर्ने
नारायणी नदीको भङ्गालोको त्रास बोटे वस्तीमा
नारायणी नदीको भङ्गालोको त्रास बोटे वस्तीमा
प्रचण्ड र बाबुरामलाई रुवाउने सहिद पत्नी दिलमायाको प्रदेशसभा यात्रा
प्रचण्ड र बाबुरामलाई रुवाउने सहिद पत्नी दिलमायाको प्रदेशसभा यात्रा
चिरञ्जिवि थापाले धनकुटाका २५ जना बालबालिकालाई छात्रबृत्ति दिंदै
चिरञ्जिवि थापाले धनकुटाका २५ जना बालबालिकालाई छात्रबृत्ति दिंदै
रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु
रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?