‘गलबन्दी’ गीतको विवाद संसदसम्म पुग्यो, जातीय गाली गर्नेलाई कारवाहीको माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
‘गलबन्दी’ गीतको विवाद संसदसम्म पुग्यो, जातीय गाली गर्नेलाई कारवाहीको माग

सारांश

  • नेपाली कांग्रेसका सांसद नेता एवं पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले संसदमा ‘गलबन्दी’ गीतको विवाद बारेमा बोलेका छन्।
  • तीस दिनमा डेढ करोड पटक हेरिनु चानचुने कुरा होइन भन्दै यो गीतका सर्जक प्रकाश सपूत र गायिका शान्ति श्री परियारलाई सरकारले उचित सम्मान गर्नु पर्नेमा सत्तारुढ दलका समर्थक शम्भु राईले गीत चोरी भएको आरोप लगाएको भन्दै सांसद मीनले विरोध गरेका हुन् ।
  • ‘मेरो लय नक्कल गरिएको भनेर मुद्दा हालेछन्’ विश्वकर्माले भने, ‘हामीले ख्याल गर्नुपर्ने कुरा भनेको लोकलय पुर्खाले गाएको गीतलाई पछिल्लो पुस्ताले सिक्दै पछिसम्म जीवित राख्ने हो ।

नेपाली कांग्रेसका सांसद नेता एवं पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले संसदमा ‘गलबन्दी’ गीतको विवाद बारेमा बोलेका छन्। तीस दिनमा डेढ करोड पटक हेरिनु चानचुने कुरा होइन भन्दै यो गीतका सर्जक प्रकाश सपूत र गायिका शान्ति श्री परियारलाई सरकारले उचित सम्मान गर्नु पर्नेमा सत्तारुढ दलका समर्थक शम्भु राईले गीत चोरी भएको आरोप लगाएको भन्दै सांसद मीनले विरोध गरेका हुन् ।

‘मेरो लय नक्कल गरिएको भनेर मुद्दा हालेछन्’ विश्वकर्माले भने, ‘हामीले ख्याल गर्नुपर्ने कुरा भनेको लोकलय पुर्खाले गाएको गीतलाई पछिल्लो पुस्ताले सिक्दै पछिसम्म जीवित राख्ने हो ।’ उनले एक पुस्ताले एकपल्ट गाएको गीत एकपल्ट मात्र रेकर्ड हुन्छ भने लोक भाका नहुने बताए।

उनले गाउँघर, रोदि, मेलापातमा जाँदा यो गीत स्वतः गाउने भाका नै लोक लय हुन्छ भन्दै प्रकाश सपूतको गीतको समर्थन गरे। उनले प्रकाश सपूतको गीत कुनै पनि भाकासँग मेल नखाने पनि दाबी गरे। शम्भू राईले सामान्य कलाकारले गरेको काममा चोरी गरेको भन्नु लज्जास्पद रहेको उनले बताए।

राईका मतियारहरुले सामाजिक सञ्जालको प्रयोग गर्दै प्रकाश सपूतलाई अति निच गाली गर्दै जातीय विभेदपूर्ण शब्द प्रयोग गरेको भन्दै मीनले निन्दा गरे। संविधान, सदभाव र कानूनको विरुद्ध हुने गरी दलित समुदायलाई अपमानित हुने गरी अपमान गरेको हुनाले साइबर कानून अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत कारवाहीको माग गरे ।

उनले आरोपीलाई कानूनी कारवाहीमा नल्याए सम्पूर्ण दलितहरु आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन्। सरकारले जातीय विभेदात्मक मान्यतालाई प्रसय दिएको उनले आरोप लगाए। के बालक के वृद्ध सबैको मनमा बस्न सफल यो गीत देशमा मात्र नभएर विदेशमा पनि गुनगुनाईरहेको बताए। साथै उनले यो गीतले नपाली परम्परा र सँस्कृतिको विकासलाई यो गीतले टेवा दिएको बताएका छन् । देशसञ्चारबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?