काठमाडौंमा एकैदिन १३८ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २८, २०७७
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौंमा एकैदिन १३८ जना कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन १३८ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ४ सय ८४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४० जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन १३८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४ सय ८४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४० जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ४ सय ८१ जनाको पिसीआर परिक्षणमा ४ सय ८४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ६४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १६ हजार ७ सय २८ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १०९ जना र ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २४ हजार ४ सय ६८ पुगेको छ ।

(teamtapper.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?