ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !

सारांश

  • २६ कात्तिक, झापा ।
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले-माओवादीबीच मंसिर ९ गते पार्टी एकता गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् ।
  • मंसिर ९ मा नभई दुई वामपन्थी दलबीच चुनावपछि एकता प्रक्रिया अघि बढाउने उनले बताए ।

२६ कात्तिक, झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले-माओवादीबीच मंसिर ९ गते पार्टी एकता गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् ।

मंसिर ९ मा नभई दुई वामपन्थी दलबीच चुनावपछि एकता प्रक्रिया अघि बढाउने उनले बताए । झापाको गौरादहमा आइतबार विहान आयोजित चुनावी कार्यक्रममा ओलीले भने, ‘आज विहानै साथीहरुले फोन गर्नुभयो ९ गते एमाले र माओवादीको पार्टी एकता हुँदेछ रे भनेर ।’

उनले अघि भने, हँ मैले त थाहा पाएको छैन भनेँ मैले । अनि प्रचण्डजीलाई फोन गरेँ, तपाईले सुन्नु भो भनेँ । उहाँले मैले त छैन भनेपछि भने, ९ गते तपाई र हाम्रो एकता हुँदैछ रे नि भनेँ । उहाँ हाँस्नु भयो ।’

९ गतेसम्म एकता भनेर भन्ने र १० गतेबाट एकता भाँडियो भनेर हल्ला चलाउन खोजिएको उनले बताए । मंसिर ९ मा पार्टी एकता ग र्ने कुनै योजना नरहेको भन्दै उनले भने, आफैंले कथा बचाउन, आफैं बचान गर्ने र सुन्ने । हाम्रो योजना छैन । हामी चुनावपछि एकता प्रक्रिया अघि बढाउँछौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?