मोरङमा भैसी बलात्कार गर्ने को हो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
मोरङमा भैसी बलात्कार गर्ने को हो ?

सारांश

  • भैंसी बलात्कार गरेको आरोपमा मोरङमा एक जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
  • मोरङ जिल्ला अदालतमा रतुवामाइ नगरपालिका–२ का ४० वर्षीय मङ्गल हस्दाले सोही स्थानकी रानी टुढुले पालेको भैंसीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको हो ।
  • छिमेकी टुढुको गोठमा बाँधिएको भैंसीलाई गोठबाट फुकाएर केही पर बाँस झ्यागमा लागेर विहीवार हस्दाले बलात्कार गरेको अभियोग लगाउँदै टुढुले जिल्ला अदालतमा शुक्रवार ‘फिराद’ दर्ता गराएकी हुन् ।

भैंसी बलात्कार गरेको आरोपमा मोरङमा एक जना विरुद्ध मुद्दा दर्ता भएको छ । मोरङ जिल्ला अदालतमा रतुवामाइ नगरपालिका–२ का ४० वर्षीय मङ्गल हस्दाले सोही स्थानकी रानी टुढुले पालेको भैंसीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको हो ।

छिमेकी टुढुको गोठमा बाँधिएको भैंसीलाई गोठबाट फुकाएर केही पर बाँस झ्यागमा लागेर विहीवार हस्दाले बलात्कार गरेको अभियोग लगाउँदै टुढुले जिल्ला अदालतमा शुक्रवार ‘फिराद’ दर्ता गराएकी हुन् ।

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार गोठबाट भैंसी फुकाएर नजिकैको बाँस झ्याङमा लगेर करणी गरेको र करणी गरेको ठाउँमा फेला परेको कपडाका आधारमा आरोपीलाई पक्राउ गरिएको हो ।

गोठमा बाँधिएको भैंसी हराएपछि भैसीको खोजी गर्ने क्रममा दुबै खुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा छिमेकी हस्दाको कपडा उक्त स्थानमा फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा हस्दाले भैंसीमाथि करणी गरेको स्वीकार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?