दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
सारांश
- काठमाडाै, १८ जेठ ।
- पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका सांसद डा बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको बजेट समाजवाद नभएर पुँजीवादमा समेत आधारित नभएको बताएका छन्।
- संसदमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आथिर्क वर्ष २०७५÷७६ को बजेटमाथिको छलफलमा बोल्दै डा भट्टराईले सरकारले समाजवादमा जाने भने पनि बजेट पुँजीवादमा पनि नपुगेको आरोप लगाए।
काठमाडाै, १८ जेठ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका सांसद डा बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको बजेट समाजवाद नभएर पुँजीवादमा समेत आधारित नभएको बताएका छन्।
संसदमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आथिर्क वर्ष २०७५÷७६ को बजेटमाथिको छलफलमा बोल्दै डा भट्टराईले सरकारले समाजवादमा जाने भने पनि बजेट पुँजीवादमा पनि नपुगेको आरोप लगाए।
‘यो बजेट समाजवादमा होइन पुँजीवादसम्म पनि पुग्न सकेको छैन’, उनले भने, ‘बजेट न बकुल्ला जस्तो न कौवा जस्तो भएको छ।’
पूर्वप्रधानमन्त्री भट्टराईले बजेटमा सरकारको मुलुक सम्वृद्ध बनाउने दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा आउन नसकेको बताए। उनले बजेटले मुलुकको आवश्यकता अनुसारको मार्गचित्र कोर्न नसकेको आरोप लगाए।
उनले बजेटले मुलुकको प्राथमिकताको सञ्जिवनी बुटी फेला पार्न नसकेको र सबैलाई छुने मात्रै प्रयास गरिएको बताए। ‘बजेट हनुमानले विन्ध्याचल पर्वत ल्याएजस्तो देखिएको छ’, उनले भने, ‘नीति तथा कार्यक्रममा देखाईएका सपना र आशा बजेटसम्म आईपुग्दा मरेको अनुभुति भएको छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै सांसद भट्टराईले बजेट दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो आएको टिप्पणी गरे।
उनले साना बचत कर्तालाई पनि पूँजीबजारमा आउने प्रबन्ध मिलाई पूँजी निर्माण र खर्च वृद्धिमा बजेटले ध्यान दिन नसकेको टिप्पणी गरे। शिक्षा र स्वास्थ्य क्षेत्र नीजिकरण गर्ने र पूँजीगत लाभकर ५ बाट बढाएर साढे ७ प्रतिशत पुर्याउने तथा ब्रोकरको भ्याट हटाउने अर्थमन्त्रीको कदमले आसेपासे पूँजीवादको बाटोमा मुलुकलाई पुर्याउने उल्लेख गर्दै उनले बजेटले कमिसन, भ्रष्टाचार बढाउँदै केहीलाई सम्पन्न बनाउने तर देश विपन्न हुने खतरा बढाएको टिप्पणी गरे।
बजेटमा समावेशभएको प्रधानमन्त्री रोजगारी कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण, २० उद्योगग्राम स्थापना, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, राज्य सुरक्षा परिचयपत्र लगायतका कार्यक्रम आउनु सकारात्मक भएको भन्दै उनले प्रशंसा समेत गरे।
यो सरकारले मुलुकमा आर्थिक समृद्धिले फड्को मारोस् भन्ने सबैको आकांक्षा रहे पनि बजेटले नेपाल अर्थतन्त्रमा फड्को मार्ने अपेक्षा पूरा नभएको उनको भनाइ थियो।
Bhim Bohara Bohara
Alochana bhanda aru pani khi sike ko xaski kyaho
Shiraraj Karki
bhanna sajilo hunxa dr. jee tapaile k napnu bhyethyo?