नेपाल(भारतबीच अर्को आइसब्रेकः पञ्चेश्वर परियोजनाबारे छलफल)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २, २०७७
|
|
४१ पटक हेरिएको
Shares
नेपाल(भारतबीच अर्को आइसब्रेकः पञ्चेश्वर परियोजनाबारे छलफल)

सारांश

  • नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र महाकाली नदीमा मोटर गुड्ने पुल निर्माणबारे छलफल भएको छ ।
  • दुई देशबीच लामो समययता अगाडि बढ्न नसकेको परियोजनाबारे हिजो संयुक्त अनुगमन संयन्त्रको बैठकमा छलफल भएको हो ।
  • इन्डियन एक्सप्रेसका अनुसार हिजोको छलफलमा पञ्चेश्वर परियोजना पनि विषयमा परेको थियो ।

नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र महाकाली नदीमा मोटर गुड्ने पुल निर्माणबारे छलफल भएको छ । दुई देशबीच लामो समययता अगाडि बढ्न नसकेको परियोजनाबारे हिजो संयुक्त अनुगमन संयन्त्रको बैठकमा छलफल भएको हो ।

इन्डियन एक्सप्रेसका अनुसार हिजोको छलफलमा पञ्चेश्वर परियोजना पनि विषयमा परेको थियो । कालापानी क्षेत्रसँग सम्बन्धित पञ्चेश्वर र महाकाली पुल छलफलको एजेन्डा बन्नुलाई अर्थपूर्ण मानिएको छ । यो आफैमा अर्को आइसब्रेक हो ।

सन् १९९६ मा महाकाली सन्धी भएपछि छ महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपीआर बनाइसक्ने भनिएपछि अझैसम्म बन्न सकेको छैन । नेपालले परियोजना निर्माण भइसक्नुपर्नेमा नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । पञ्चेश्वर परियोजना नेपाल र भारतबीचको बैठकको एजेन्डा नै बन्न छाडेको छ ।

महाकाली नदीमा संयुक्त डिपिआरका आधारमा पञ्चेश्वर परियोजना निर्माण गरिने सन्धीमा उल्लेख छ । जसमा विद्युत उत्पादन, सिंचाई, बाढी निन्त्रणलगायतका विषय उल्लेख छन् । उत्पादित विद्युत बराबर बाँड्ने सहमति भएको थियो ।

नेपाल र भारतबीच कालापानी क्षेत्रको भुमिमा विवाद भइरहँदा त्यस क्षेत्रको नदी महाकाली सन्धीसँग सम्बन्धित परियोजनाबारे छलफल हुनुले सहमतिको नयाँ ढोका खुल्ने सम्भावना देखिएको छ ।

यसैगरी, हिजो संयुक्त संयन्त्रमा विवकास परियोजनाको कार्यप्रगतिबारे औपचारिक छलफल भएको थियो । भिडियो कन्फरेन्समार्फत् आज दुई पक्षबीच परियोजनाको कार्यप्रगतिबारे छलफल भएको बताइएको छ । दुई देशबीच चार महिनाको औपचारिक संवादहीनताको अवस्थामा आइसब्रेक भएलगत्तै समिक्षा बैठक हुनुले नयाँ माहोल सृजना भएको छ । यसअघि १५ अगष्टमा भारतको ७४ औं स्वतन्त्रता दिवस पारेर प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ११ मिनेट टेलिफोन संवाद भएको थियो ।

नेपाल भारत संयुक्त अनुगमन संयन्त्रको हिजोको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदार बैरागी र भारतका तर्फबाट राजदूत विनय मोहन क्वात्रा सहभागी थिए । छलफलमा दुई पक्षले भारतीय सहयोगमा अगाडि बढिरहेका विकास परियोजनाको समिक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय राजदुतावासका अनुसार बैठकमा भारत सरकारले प्रतिवद्धता गरेको ५० हजारमध्ये ४६ हजार ३ सय १ भुकम्पपीडितका लागि गोरखा र नुवाकोटमा घर निर्माण भइसकेको, मोतीहारी अमलेखगञ्ज अन्तरसीमा पेट्रोलियम पाइपलाइन सञ्चालनमा आइसकेको, वीराटनगरस्थित संयुक्त सीमा चेकपोष्ट निर्माण भइसकेको विषयमा छलफल भएको थियो । दुई देशबीचको अनुगमन संयन्त्र सन् २०१६ मा स्थापना भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट
मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट
झापाकाे १५ सिटमै वाम गठबन्धनकाे क्लिनस्विप, कसले कति मत पाए ?
झापाकाे १५ सिटमै वाम गठबन्धनकाे क्लिनस्विप, कसले कति मत पाए ?
your five Winning Strategies To Use Just for mail order bride
शुक्रबार संसद्को अन्तिम बैठक -असोज २८ देखी विघटन हुने
शुक्रबार संसद्को अन्तिम बैठक -असोज २८ देखी विघटन हुने
नेकपा स्थायी कमिटीको बैठक आज
नेकपा स्थायी कमिटीको बैठक आज
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग
नेकपा सचिवालय बैठक : उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन
नेकपा सचिवालय बैठक : उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन
समाचार पुस्टि गरी देखाउन सांसद पालको चेतावनी
समाचार पुस्टि गरी देखाउन सांसद पालको चेतावनी
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)