सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १२, २०७९
|
|
३१ पटक हेरिएको
Shares
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै उनले प्रदेश नं १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइते हुनुभएका लाजेहाङ लिम्बु (पदम लिम्बू)को उपचारका क्रममा भएको निधनप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै उनले प्रदेश नं १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइते हुनुभएका लाजेहाङ लिम्बु (पदम लिम्बू)को उपचारका क्रममा भएको निधनप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

साथै उनले यस किसिमका दुखद् घट्नाको अन्त्य गर्न माग गर्दै शान्तिपूर्ण रुपमा जनताले अधिकार माग्नु नैसर्गिक अधिकार भएको बताउँदै यसमा हुने दमनलाई रोक्न आग्रह गरे ।

बैठकमा सांसद रामहरि खतिवडाले कुनै पनि दुर्घटनामा घाइते हुने यात्रुको उपचारमा अस्पतालले धरौटी माग्ने गरेको र विभिन्न कठिनाइ रहेको बताउँदै यसमा सहज व्यवस्थाका लागि सरकारसँग आग्रह गरे ।

साथै उनले आमजनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क तथा प्रभावकारी सेवा प्रदान आवश्यक प्रबन्ध गर्नसमेत माग गरे । सांसद अरुणकुमार चौधरीले सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको कर्णाली चिसापानी पुल उचित मर्मतको अभावमा नटबोल्ट खिइएर झरेको अवस्थामा रहेकाले दुर्घटना हुनसक्नेतर्फ सचेत गराउँदै तत्काल उचित मर्मतसम्भारको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

सांसद प्रभु साहले राजस्व छल्ने नाममा आतङ्क मच्चिएको र राजस्व छलिका मुद्दामा पक्राउ गर्नेलाई प्रदान गरिने ४५ प्रतिशत कमिसनको व्यवस्थाको दुरुपयोग भएको बताउँदै यसलाई नियन्त्रण गर्न माग गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?