मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
४२ पटक हेरिएको
Shares
मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट

सारांश

  • कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) प्रतिनिधिसभा १ प्रदेसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ।
  • बम प्रहारबाट जस्तापातामा प्वाल परेको छ।
  • वाणगंगा नगरपालिका वडा नम्बर १० कोरिया चोकमा अज्ञात समूहले दुई पटक सम्म बम विष्फोट गराएको स्थानीयले बताएका छन्।

कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) प्रतिनिधिसभा १ प्रदेसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ। बम प्रहारबाट जस्तापातामा प्वाल परेको छ।

वाणगंगा नगरपालिका वडा नम्बर १० कोरिया चोकमा अज्ञात समूहले दुई पटक सम्म बम विष्फोट गराएको स्थानीयले बताएका छन्। घरमा लक्षित गरी प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति नभए पनि जस्तापातामा प्वाल परेको उम्मेदवारका दाजु शिवगुलाम कलवारले बताए।

राथि करिब १ बजेको समयमा तीन चार जनाको समूहमा आएका अज्ञात समूहले घर तोडफोड गर्न थालेपछि आफूहरुले रोक्न खोज्दा बम प्रहार गरेको कलवारले दाबी गरे।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक प्रल्हाद अधिकारले उम्मेदवार घरमा विस्फोट गराइएको बम तर्साउनका लागि हुन सक्ने बताए। आफूहरुले उक्त विषयमा अनुसन्धान गरिरहेको उनले जनाए। उम्मेदवार कलवारलाई संघीय समाजवादी फोरम नेपालले प्रदेसभामा सघाएको छ।

शुक्रबार दिउँसो मात्र शिवराज नगरपालिका ९ भगवानपुरमा नयाँ शक्ति नेपाल पार्टीका प्रतिनिधिसभा ३ का उम्मेदवारलाई लक्षित गरि रिमोट बम प्रहार भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेवाको पातको जूस पिउ ज्यानै जाने रोगबाट बचौ
मेवाको पातको जूस पिउ ज्यानै जाने रोगबाट बचौ
माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन
माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन
बालुवाटारबाटै प्रधानमन्त्री अाेलीले देश चलाउने
बालुवाटारबाटै प्रधानमन्त्री अाेलीले देश चलाउने
रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह
दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
वामपन्थी शक्ति एकजुट हुन आवश्यक : प्रधानमन्त्री दाहाल
वामपन्थी शक्ति एकजुट हुन आवश्यक : प्रधानमन्त्री दाहाल
कात्तिक २० गते बिहिवारको राशिफल यस्तो छ
कात्तिक २० गते बिहिवारको राशिफल यस्तो छ
१२ घण्टामा  शिखरन्यूजका ‘टप १०’ समाचारहरु हेर्नुहोस्
१२ घण्टामा शिखरन्यूजका ‘टप १०’ समाचारहरु हेर्नुहोस्
‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन : पर्यटनमन्त्री किराती
‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन : पर्यटनमन्त्री किराती