समाचार पुस्टि गरी देखाउन सांसद पालको चेतावनी

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
समाचार पुस्टि गरी देखाउन सांसद पालको चेतावनी

सारांश

  • काठमाडाै, २३ साउन ।
  • केहि दिन अघि काठमाडाैकाे बानेश्वरमा संसदीय सुनुवाइ विशेष सािति सदस्य निरुदेवी पाल लार्इ पेस्ताेल  ताकेकाे घटनालार्इ लिएर अाफ्नाे चरित्र हत्या गर्न खाेजेकाे भन्दै समाचाराेकाे पुस्टि गरेर देखाउन चेतावनि दिएकि छिन् ।
  • सदीय सुनुवाइ विशेष समिति सदस्यले अाज एक विज्ञप्ति जारी गर्दै अाफु बिरूद्ध नकरात्मक अफवाह फैलाएर अाफ्नाे चरित्रहत्या गर्न खाेजेकाे समेत बताएकी छिन् ।

काठमाडाै, २३ साउन । केहि दिन अघि काठमाडाैकाे बानेश्वरमा संसदीय सुनुवाइ विशेष सािति सदस्य निरुदेवी पाल लार्इ पेस्ताेल  ताकेकाे घटनालार्इ लिएर अाफ्नाे चरित्र हत्या गर्न खाेजेकाे भन्दै समाचाराेकाे पुस्टि गरेर देखाउन चेतावनि दिएकि छिन् । सदीय सुनुवाइ विशेष समिति सदस्यले अाज एक विज्ञप्ति जारी गर्दै अाफु बिरूद्ध नकरात्मक अफवाह फैलाएर अाफ्नाे चरित्रहत्या गर्न खाेजेकाे समेत बताएकी छिन् ।

पालले भनेकि छिन् “सदीय सुनुवाइ विशेष समितिको सदस्य भएकोले प्रधानन्यायाधिश नियुक्तिका विषयमा समितिको बैठकमा रहेर कार्य गर्दै जाँदा गत साउन १५ गते राति मेरो निवास बाहिर (नयाँबानेश्वर) मा अपरिचित समुहले मेरो घाँटीमा पेस्तोल ताकी धम्की दिएको विषयलाई लिएर केहि सञ्चार माध्यममा फैलिएका अफवाह प्रति मेरो ध्यानाकृष्ठ भएको जानकारी गराउन चाहन्छु ।”

यस्ताे छ बिज्ञप्ति

आदरणिय सञ्चारकर्मी साथीहरु
न्यानो अभिभादन,
नेपालको कम्युनिस्ट आन्दोलन सँगै वर्गिय, क्षेत्रिय, लिङिगय मुक्ति आन्दोलनमा लामो समयदेखि लाग्दै आएकी म निरुदेवी पाल पछिल्लो समय संघिय संसदको सांसद तथा संसदीय सुनुवाइ विशेष समितिको सदस्यका रुपमा कार्य गर्दै आएको यहाँहरुमा जानकारी भएकै कुरा हो ।
सोहि सिलसिलामा संसदीय सुनुवाइ विशेष समितिको सदस्य भएकोले प्रधानन्यायाधिश नियुक्तिका विषयमा समितिको बैठकमा रहेर कार्य गर्दै जाँदा गत साउन १५ गते राति मेरो निवास बाहिर (नयाँबानेश्वर) मा अपरिचित समुहले मेरो घाँटीमा पेस्तोल ताकी धम्की दिएको विषयलाई लिएर केहि सञ्चार माध्यममा फैलिएका अफवाह प्रति मेरो ध्यानाकृष्ठ भएको जानकारी गराउन चाहन्छु ।

मैले उक्त घटनाको विषयमा संघिय संसद, संसदीय सुनुवाइ विशेष समिति, सम्माननीय प्रधानमन्त्री ज्यू, सुरक्षानिकायका विभिन्न अंगहरुमा समेत जानकारी गराइसकेको र राज्यको सुरक्षा निकायबाट समेत सुक्ष्म अध्ययन अनुसन्धान भइरहेको यहाँमा जानकारी भएकै कुरा हो ।
केहि सञ्चार माध्यम (अनलाइन) मा उक्त घटनालाई जोडेर म मेरो पार्टी तथा बर्तमान सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूको समेत नाम जोडेर मनगढन्ते, भ्रामक कुरा जोडेर मेरो तथा सम्माननीय प्रधानमन्त्री ज्यू समेतको चरित्र हत्या गर्ने काम भएको छ ।

उक्त घटनामा प्रहरी मुख्यालयले वरिष्ठ प्रहरी उपरिक्षकको नेतृत्वमा छानविन समिति गठन गरेरै अनुसन्धान अगाडी बढिरहेको अवस्थामा प्रहरीको आधिकारिक निकायसँग आधिकारिक धारणा नलिई ‘प्रहरी उच्च स्रोत’को हवाला दिँदै मलाई अमुक ब्यक्तिको पैसा पचाउन घटनालाई प्रधानन्यायाधिश प्रकरणमा जोडेर राजनीतिक करण गरिएको गलत आक्षेप लगाइएको छ ।

उक्त विषयमा सम्बन्धित सञ्चार संस्थाका जिम्मेवार ब्यक्तित्व (सम्पादक, संवाददाता) लाई मैले कसको पैसा कसरी पचाउने नियतमा घटनालाई राजनीतिक करण गरें स्पष्ट पार्न सादर अनुरोध गर्दछु । समाचारमा भने जस्तो मैले कुन ब्यक्तिलाई कहिले ‘म तेरो पैसा तिर्दिन तैंले के गर्न सक्छस् गर’ भनेर धम्क्याएको रहेछु त्यसको आधिकारिक प्रमाण पनि सार्वजनिक गर्न आग्रह गर्दछु । र, सो प्रमाण जुटाउन समेत सम्बन्धित निकायले मेरो सहयोग मागेको अवस्थामा पूर्णरुपमा सहयोग गर्न तत्पर रहनेछु ।

समाचारमा मैले सम्माननीय प्रधानमन्त्री ज्यूलाई संवोधन गर्दै ती यूवालाई धम्क्याएको जिकिर गरिएको छ । अझ मैले ति ब्यक्तिलाई २५ लाख रुपैंया लिएको दावि गरिएको छ । २५ लाख भनेको कसैले हचुवाको भरमा दिने रकम हैन । यदी मैले ती यूवाबाट त्यसरी पैसा लिएको, बुझेको कुनै प्रमाण भए सो प्रमाण पनि सार्वजनिक गर्न म हार्दिक अनुरोध गर्दछु ।

समाचारमा अनुसन्धानमा संलग्न प्रहरीको हवाला दिँदै मैले अछामका एक यूवालाई क्यानडा पठाइदिन्छु भन्दै १८ लाख लिएको दावि गरिएको छ । म संबन्धित सञ्चार माध्यमलाई हार्दिक अनुरोध गर्न चाहन्छु मैले कहिले कतिबेला कोसँग त्यसरी १८ लाख रुपैंया लिए कृपया सम्बन्धित निकायमा सप्रमाण पेश गरीदिनुहुन समेत आग्रह गर्दछु ।

यसैगरी मैले विभिन्न समयमा विभिन्न तवरले विभिन्न ब्यक्तिलाई जागीर लगाइ दिने, विदेश पठाई दिने भन्दै १ करोडको हाराहारीमा पैसा उठाएको मनगढन्ते, कपोकल्पीत आरोप लगाइएको छ । मैले कुन समय कस–कसबाट यसरी पैसा उठाएँ सोको विस्तृत जानकारी समेत नेपाल सरकारको सुरक्षा निकायमा उपलब्ध गराइदिनुहुन समेत हार्दिक अनुरोध गर्दछु ।

आदरणिय सञ्चारकर्मी साथीहरु,

म लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएर राजनीति गर्दै आइरहेकी छु । यो सिलसिलामा म बर्तमान सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको नजिक रहेर पार्टी तथा सरकारको काम समेत गरिरहँदा मैले मेरो पदीय मर्यादा भन्दा बाहिर रहेर कुनैपनि गलत काम, तथा कृयाकलाप गरेको छैन । मैले आजसम्म कसैबाट एक सूको पैसा कुनै आश्वासन दिएर लिएकी छैन । त्यस कुराको पुष्टि गर्न म आफ्नो सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गर्नुपरेको अवस्था वा राज्यको सम्बन्धित निकायले म बाट जस्तोसुकै अनुसन्धान गर्नपरेपनि हार्दिकताका साथ सहयोग गर्न तत्पर रहेकी छु ।

निरुदेवि पाल कस्तो मान्छे हो ? उसको आर्थिक, सामाजिक, राजनीतिक पृष्ठभूमि कस्तो छ ? उसमा कत्तिको इमान्दारिता छ ? उसले पार्टी, देश र जनताका लागि कत्तिको संघर्ष र बलिदानी दिएको छ ? भन्ने कुरा बुझ्नका लागि समेत हार्दिक अनुरोध गर्दछु ।

सञ्चारकर्मी साथीहरु

देशलाई चौतर्फी विकासमा लैजान र जनतालाई सत्यतथ्य सुचना प्रवाह गर्न पत्रकारिताको मुख्य भूमिका भएकैले हामीले सञ्चारलाई राज्यको चौथो अङ्गका रुपमा लिने गरेका छौं । पत्रकारिताको सिद्धान्त, न्याय र धर्मका हिसाबले कुनै पनि विषयको उठान गर्दा त्यसमा कत्तिको सत्यता छ, तथ्यपरक छ, छुट्याउन आवश्यक छ ।

माथि उल्लेख गरिएका विषयमा संवाददाता, सम्पादक ज्यूले के कस्ता प्रमाणहरुका आधारमा समाचार बनाउनु भएको छ प्रष्ट खुल्न सकेको छैन । समाचारमा प्रायः प्रहरी उच्च स्रोत भनेर कोड गरिएको छ । प्रहरीले घटनाको सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको समयमा विना आधार यसरी ब्यक्तिगत चरित्र हत्या गर्नु कत्तिको जाजय हो रु कसैसँग कुनै रिस वा द्वेष रहेको छ भन्दैमा कसैले आरोप लगाउँदैमा सञ्चारजगतले आरोपितलाई दोषी सावित गर्नु कत्तिको जायज हो रु तसर्थ, माथि उल्लेख गरिएका विषयमा मेरो पुरै असहमति जाहेर गर्दछु ।

जनतापाटी नामको अनलाइनमा मेरा बारेमा छापेको समाचार लाई पुष्टि गर्न म चुनौती दिन चाहन्छु यदि प्रमाणित भयो भने, म जनताको प्रतिनिधि भएकोले सांसद पद मात्रै होइन राजनीतिक जिवनबाट पनी सदाका लागि सन्यास लिनेछु । यो समाचारले मेरो बारेमा भ्रामक अपवाह फिजाएर मेरा शुभचिंतक ज्यू हरुमा पर्न गएको चोट प्रति म दुःखीत छु । लोकतान्त्रिक मुल्य र मान्यतामा जनताको हक अधिकार संस्थागत गर्न तथा सबै खाले विक्रिति विसंगति विरुद्ध आवाज उठाउन म आफ्नो क्षेत्रबाट इमान्दारपूर्वक लडिरहने प्रतिबद्धता ब्यक्त गर्दै उक्त घटनाको निष्पक्ष रुपमा अनुसन्धान गर्न गराउन हरदम सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । साथै हाल सोहि घटनालाई लिएर विभिन्न सञ्चारमाध्यममा आएका निराधार, कपोकल्पीत भ्रामक समाचारको पछि नलाग्न आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।

निरुदेवी पाल
सांसद
संघिय संसद, नेपाल सरकार
सदस्य, संसदीय सुनुवाइ विशेष समिति

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?