अमर बनेर परलोक भए राष्ट्रकवि माधव घिमिरे
सारांश
- काठमाडौं, ३ भाद्र ।
- राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
- उनलाई निवासमै पुगी सरकारका तर्फबाट उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए ।
काठमाडौं, ३ भाद्र । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई निवासमै पुगी सरकारका तर्फबाट उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए ।
निवासबाट उनलाई पशुपति लगी अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा परिवारका सदस्य र शुभचिन्तकहरु उपस्थित थिए । १०१ वर्षीय कविको हिजो अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया