त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०८०
|
|
४६ पटक हेरिएको
Shares
त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

सारांश

  • काठमाडौं ।
  • त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति पद छनोट गर्न दरखास्त आह्वान गरेको छ ।
  • उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति पद छनोट गर्न दरखास्त आह्वान गरेको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो ।

त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै ‘मेरिट’का आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो ।

आज प्रकाशित सूचनाअनुसार यसका लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने उल्लेख गरेको छ ।

आवेदकले विश्वविद्यालय सुधारका लागि सोचपत्र तथा चारवर्षे व्यावसायिक कार्य योजनासमेत प्रस्तुत गर्नुपर्ने छ ।

प्रधानमन्त्री दाहालले शैक्षिक गुणस्तर सुधारका लागि वार्षिक ‘क्यालेण्डर’लाई कडाइका साथ लागू गर्नुपर्ने तथा विश्वविद्यालयको प्राज्ञिक वातावरण निर्माण गर्न सबै विश्वविद्यालयलाई तत्काल कार्य योजना पेस गर्नसमेत निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विजया दशमी: टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा
आज विजया दशमी: टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा
महावीर पुन र सरकारबीच ७ बुँदे सहमति
महावीर पुन र सरकारबीच ७ बुँदे सहमति
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
उत्तरपुस्तिका जाँच्ने शिक्षक नै बेहोस ,के लखेकाे थियाे उत्तरपुस्तिकामा ?
उत्तरपुस्तिका जाँच्ने शिक्षक नै बेहोस ,के लखेकाे थियाे उत्तरपुस्तिकामा ?
टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले
टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले
इलामको २०० औँ बार्षिकोत्सव मनाइने
इलामको २०० औँ बार्षिकोत्सव मनाइने
विराटनगरको सिंघिया खोलामा बालिकाको शव भेटियो
विराटनगरको सिंघिया खोलामा बालिकाको शव भेटियो
एक वर्षभित्र मास्करहित काठमाडौँ बनाउँछु- मन्त्री पण्डित
एक वर्षभित्र मास्करहित काठमाडौँ बनाउँछु- मन्त्री पण्डित
कहाँ कहाँ  हुँदैछ निर्वाचनमा रोचक भिडन्त
कहाँ कहाँ हुँदैछ निर्वाचनमा रोचक भिडन्त
सामाजिक सञ्जालमा बधाई दिन थालेपछि वर्षा राउतले भनिन्-म गर्भवती छैन
सामाजिक सञ्जालमा बधाई दिन थालेपछि वर्षा राउतले भनिन्-म गर्भवती छैन