एकै दिन ९ जना कोरोना संक्रमित भेटिएपछि तेह्रथुममा १ साताका लागी निषेधाज्ञा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ५, २०७७
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • एकै दिन नौ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।
  • प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी गर्दै गए राति १२ बजेबाट भदौ ११ गतेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन् ।
  • कन्ट्याक्ट ट्रेसिङका क्रममा तेह्रथुममा सरकारी कर्मचारी, वकिललगायत नौ व्यक्तिमा सङ्क्रमण देखिएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एकै दिन नौ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी गर्दै गए राति १२ बजेबाट भदौ ११ गतेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन् ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा तेह्रथुममा सरकारी कर्मचारी, वकिललगायत नौ व्यक्तिमा सङ्क्रमण देखिएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले अत्यावश्यक सेवाअन्तर्गत खाद्यान्न तथा सब्जी पसल किहान ७ बजेदेखि ९ बजेसम्म सतर्कतापूर्वक खोल्न भने अनुमति दिएको छ ।
प्रशासनले अत्यावश्यक बाहेक सवारीका साधन सञ्चालन र हिँडडुलमा समेत रोक लगाइएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको मौका उठाई अत्यावाश्यक वस्तुको कालोबजारी, जम्माखोरी, कृत्रिम अभाव तथा मूल्य वृद्धि भएको पाइए कडाइका साथ कारबाही गरिने जनाएको छ । प्रशासनले निषेधाज्ञाको पालना गरी कोभिड–१९ सङ्क्रमण फैलनबाट रोक्न जिल्लावासीलाई आह्वानसमेत गरेको छ ।

स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेका अनुसार यही भदौ १ गते परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका ७४ वटा नमूनामध्ये नौ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये तीन महिला छन् । कन्ट्याक्ट ट्रेसिङबाट लिइएका थप सात वटा नमूना परीक्षणको रिपोर्ट आउन बाँकी छ । घिमिरेका अनुसार परीक्षणका क्रममा एक जनामा सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमार्फत सम्पर्कमा रहेका अन्य व्यक्तिको स्वाब लिई परीक्षण गर्दा ठूलो सङ्ख्यामा सङ्क्रमित देखिएका हुन् । कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब लिने क्रम अझै जारी रहेको घिमिरेले बताए । तेह्रथुममा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?