बुनपाका वडाहरुमा अरुलाई पछार्दै लगातार एमाले प्यानलको जीत

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ६, २०७४
|
|
३५५४ पटक हेरिएको
Shares
बुनपाका वडाहरुमा अरुलाई पछार्दै लगातार एमाले प्यानलको जीत

सारांश

  • काठमाडौको बूढानीलकण्ठ नगरपालिकामा मतगणना भईसकेका वडाहरुमा लगातार एमालेको प्यानलले नै जीत हासिल गरेको छ ।
  • नेकपा एमालेका तर्फबाट बूढानीलकण्ठ वडा नं.
  • १३ मा वडा अध्यक्षका उम्मेदवार श्रीकृष्ण श्रेष्ठको सम्पुर्ण प्यानल, वडा नं.

काठमाडौको बूढानीलकण्ठ नगरपालिकामा मतगणना भईसकेका वडाहरुमा लगातार एमालेको प्यानलले नै जीत हासिल गरेको छ । नेकपा एमालेका तर्फबाट बूढानीलकण्ठ वडा नं. १३ मा वडा अध्यक्षका उम्मेदवार श्रीकृष्ण श्रेष्ठको सम्पुर्ण प्यानल, वडा नं. १२ बाट वडा अध्यक्ष उम्मेदवार शम्भु भट्टराईको सिङ्गाो प्यानल, वडा नं. ११ बाट वडा अध्यक्षका उम्मेदवार राजु अधिकारी सहित सिङ्गाो प्यानल नै विजयी भईसकेको छ । त्यस्तै बूनपा १० बाट नवराज भट्टराइको प्यानल र वडा नं. ९ बाट राजेन्द्र प्रसाद सापकोटाको सबै प्यानलले नै जीत हासिल गरेको छ । वडा नं. ८ मा पनि एमालेका तर्फबाट वडा अध्यक्ष उम्मेदवार सुमन तामाङको टोली नै अगाडी रहेको छ ।

bbb

अहिलेसम्मको मतगणनाअनुसार मेयर पदमा एमालेका उद्धव खरेल नेपाली कांग्रेसका राजु अधिकारी र माओवादी केन्द्रका रविन अधिकारीभन्दा धेरै अगाडी रहेका छन् । त्यस्तै उपमेयरमा रमा राई पनि अन्य पाटी भन्दा धेरै अगाडी रहेकी छिन् ।यसैअनुरुप जाने हो भने बूढानीलकण्ठ नगरपालिकाको मेयर पदमा उद्धव खरेल र उपमेयरमा रमा राईको जीत सुनिश्चित रहेको नेकपा एमाले बूढानीलकण्ठ नगर संगठन कमिटीका संयोजक दीपक निरौलाले बताउनुभयो ।

bb

यो क्षेत्र कांग्रेस नेता तथा स्वास्थ्यमन्त्री गगन थापाको पकट रहेको क्षेत्र पनि हो । अहिले बूढानीलकण्ठ नगरपालिका एमालेमय बनेको र सबै वडाहरुमा एमालेले नै जित्ने पक्का रहेको निर्वाचन परिचालन कमिटीका संयोजक सुन्दर पुर्कुटी बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केरामा पानामा रोग : प्रारम्भिक अध्ययन थालियो
केरामा पानामा रोग : प्रारम्भिक अध्ययन थालियो
साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव -रमेश लम्साल
बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव -रमेश लम्साल
गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
कालिकोटमा पत्रकार पक्राउ ,कारण् विप्लव
कालिकोटमा पत्रकार पक्राउ ,कारण् विप्लव
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य
नर्सिङ शिक्षाप्रति बढ्दो आकर्षण
नर्सिङ शिक्षाप्रति बढ्दो आकर्षण
पोखरीमा डुबेर बालकको मृत्यु
पोखरीमा डुबेर बालकको मृत्यु
भेडाच्याङ्ग्राको व्यापार घट्दा व्यवसायी चिन्तित
भेडाच्याङ्ग्राको व्यापार घट्दा व्यवसायी चिन्तित