जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ९, २०७७
|
|
३२ पटक हेरिएको
Shares
जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ

सारांश

  • बिस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् ।
  • धवलागिरि गाउँपालिका–३ ९साविक मुना गाविस–७० दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए।

बिस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् ।

धवलागिरि गाउँपालिका–३ ९साविक मुना गाविस–७० दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए।

घर्तीसमेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे पाइजालाई मकैबारीमा बञ्चरो प्रहार गरी हत्या गरेको मुद्दामा अदालतले सोही वर्ष (जन्मकैद) को फैसला सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले घर्तीलाई आइतबार दरबाट पक्राउ गरेर बेनी ल्याएको थियो । अदालतमा पेश गरी सोमबार सजाय भुक्तानका लागि जिल्ला कारागार म्याग्दीमा चलान गरिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।

प्रनाउ कुँवरका अनुसार पछिल्लो दुई महिनामा कर्तव्य ज्यान, डाकाचोरी, लागुऔषधलगायत मुद्दाका १३ फरार कसुरदारलाई पक्राउ गरिएको छ । दोषी ठहर गरेका व्यक्ति धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयनमा सहयोग पुग्नुका साथै पीडितले न्यायको अनुभूति गरेका छन् ।

जिल्ला अदालतका अनुसार गत वर्ष कूल रु एक करोड सात लाख २० हजार २४७ जरिवाना असुलउपर गर्नुपर्नेमा रु ११ लाख ९५ हजार ८९८ असुलउपर भएको छ ।

यसैगरी कूल एक हजार ४९ वर्ष सात महिना २९ दिन कैद सजाय असुलउपर गर्नुपर्नेमा १८८ वर्ष सात महिना २९ दिन बराबरको कैद असुलउपर भएको छ । जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर फैसला कार्यान्वयनमा जोड दिइएको तहसिलदार धर्मराज सुवेदीले बताए ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
मन्त्री बाँस्कोटाले मुख खोले : “ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”
मन्त्री बाँस्कोटाले मुख खोले : “ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”
संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतकबीच छलफल
संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतकबीच छलफल
गठबन्धनलाई लाग्यो धक्का, केपी र उपेन्द्रबीच चुनावी सहकार्यबारे छलफल
गठबन्धनलाई लाग्यो धक्का, केपी र उपेन्द्रबीच चुनावी सहकार्यबारे छलफल
नेपाल टेलिकमलाई २४ घण्टे अल्टिमेटम
नेपाल टेलिकमलाई २४ घण्टे अल्टिमेटम
भन्सार छली ल्याइएको गहुँ र युरिया मल नियन्त्रणमा
भन्सार छली ल्याइएको गहुँ र युरिया मल नियन्त्रणमा
जी–ट्वान्टी सम्मेलनमा अमेरिका र चीनबीचको व्यापार युद्ध केन्द्रमा
जी–ट्वान्टी सम्मेलनमा अमेरिका र चीनबीचको व्यापार युद्ध केन्द्रमा
स्थापनाको ११ वर्षसम्म हात्तीको देखाउने दाँत मात्र भयो यो आयोग
स्थापनाको ११ वर्षसम्म हात्तीको देखाउने दाँत मात्र भयो यो आयोग
आजदेखि तीन विद्यार्थी संगठनले अनियमितता अनुगमन गर्ने
आजदेखि तीन विद्यार्थी संगठनले अनियमितता अनुगमन गर्ने

तपाईंले छुटाउनुभयो कि?