सांसदहरुलाई डिल्लीबजार कारागारको अनुगमनमा रोक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ८, २०७७
|
|
१७ पटक हेरिएको
Shares
सांसदहरुलाई डिल्लीबजार कारागारको अनुगमनमा रोक

सारांश

  • सोज ७, काठमाण्डौ ।
  • प्रतिनिधिससभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिलाई डिल्लीबजार कारागारको अनुगमनमा रोक लगाइको छ ।
  • बुधबार कोरोनाको महामारीमा कारागारभित्र भएको व्यवस्थापनको स्थलगत अनुगमन गर्न केन्द्रीय कारागार कार्यालय त्रिपुरेश्वर, केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वर र कारागार कार्यालय नख्खुपछि डिल्लीबजार कारागार कारागार पुगेको संसदीय उपसमितिको टोलीलाई अनुगमनमा रोक लगाएको हो ।

सोज ७, काठमाण्डौ । प्रतिनिधिससभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिलाई डिल्लीबजार कारागारको अनुगमनमा रोक लगाइको छ ।

बुधबार कोरोनाको महामारीमा कारागारभित्र भएको व्यवस्थापनको स्थलगत अनुगमन गर्न केन्द्रीय कारागार कार्यालय त्रिपुरेश्वर, केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वर र कारागार कार्यालय नख्खुपछि डिल्लीबजार कारागार कारागार पुगेको संसदीय उपसमितिको टोलीलाई अनुगमनमा रोक लगाएको हो । संसदीय समितिले अनुगमनका लागि यसअघि नै पत्र पठाएपछि कारागारका जेलर गणेश आचार्यले अनुगमनमा रोक लगाएको उपसमिति संयोजक जिवनराम श्रेष्ठले जानकारी दिए ।

जेलर आचार्यको स्वनिर्णयले अनुगमनमा रोक लगाउनु संसदमाथिको उपहास भएको भन्दै यस बिषयमा गृहमन्त्रालयको ध्यानाकर्षण गराउने बताए । उनले कोरोना संक्रमितको संख्या धेरै रहेको उक्त कारागारमा व्यवस्थापनको कमजोरीका कारण रोक लगाएको हुन सक्ने आशंका व्यक्त गरे ।

त्यसअघि बिभिन्न कारागारको अनुगमन गरेको उपसमितिले बन्दीहरुलाई संक्रमितबाट बचाउनका लागी सामाग्री र बजेट न्युन भएको पाइएको उपसमिति संयोजक श्रेष्ठले बताए । त्रिपुरेश्वर कारागारको अवस्था ठिकै रहेपछि नख्खु कारागारमा कोरोना संक्रमितको व्यवस्थापनका लागि श्रोत साधानको अभाव रहेको पाइएको उनले बताउनुभयो । कोरोना न्युनिकरण र रोकथाम तथा संक्रमितको उपचारका लागि सरकारले गरेका काम कारबाहीको बारेमा पछिल्लो समय उपसमितिले निरन्तर स्थलगत अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४ सेकेण्डमै अरुलाई इम्प्रेस पार्ने सरल तरिकाहरु
४ सेकेण्डमै अरुलाई इम्प्रेस पार्ने सरल तरिकाहरु
जापानसँगको ‘जिट्को’ सम्झौता परिमार्जनको तयारीमा
जापानसँगको ‘जिट्को’ सम्झौता परिमार्जनको तयारीमा
नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै
नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै
आफुलाई मन लागेको बेला मर्न पाइने कि नपाइने ? सर्वोच्चले खोज्यो बिज्ञको टोली
आफुलाई मन लागेको बेला मर्न पाइने कि नपाइने ? सर्वोच्चले खोज्यो बिज्ञको टोली
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत
प्रदेश प्रमुखमा नेता महन्थ ठाकुरका सम्धिदेखि सिएनएनका हिरोसम्म
प्रदेश प्रमुखमा नेता महन्थ ठाकुरका सम्धिदेखि सिएनएनका हिरोसम्म
आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द, आन्तरिक यथावत्
आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द, आन्तरिक यथावत्
२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो…
२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो…
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?
प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?

तपाईंले छुटाउनुभयो कि?